आँफु मरेर अरुलाई बचाउँनेलाई सलाम !


-रोजी लाबुङ (राई )

मेरो मातृभूमि नरोएको दिन कहिले होला ? कति धेरै दुख पिडा बेदना मात्र आई पर्छ हरेक दिन हरेक क्षण हरेक पल मेरो नेपाल आमालाई सायद किन होला ? तिमी कति अन्जान छौ तिमी कति सहनशील छौ तिमी कति दुखी घायल छौ हे जननी हे धर्तीमाता तिमीलाई कस्को शराप लाग्यो कि कस्को आँसुले तिमीलाई पिरोल्यो कि खै के भनौं ? म सँग नत भन्ने कुरा नै छ न त लेख्ने शब्द नै । नत बुझाएर बुझ्छ मन नै नत रोकेर रोक्न सक्छु आँसुको निर्दोष धाराहरु नै । 

” नियतीले पनि तिमीलाई नै लुट्टछ घरीघरी प्रकृतिले पनि तिमीलाई नै ठग्छ बेशरी

सपुत पनि जन्माउछौ तिमीले नै परीपरी ” नत सोचेर सोची सक्नु छ नत बुझेर बुझी सक्नु नै खै म कसरी भनौं कसरी लेखौ कसरी सम्बोधन गरौं ।।।

कोहि छन् यहाँ आफ्नै जन्म दिने आमा बाऊ मार्ने , कोहि छन् आफ्नै छोराछोरी लाई छाड्ने , कोहि छन यहाँ आफ्नै पति पत्नीलाई जलाउने , केहि छन् सबै शाखा सन्तान लाई मार्न लगाई सबै सम्पत्तिहात पार्न खोज्ने , कोहि छन् आफ्नो छोरी चेली लाई बलत्कार गर्न पछि नहट्ने , कोहि छन् यहाँ साधु र सन्त बन्न खोज्ने , कोहि छन् यहाँ मान्छेको खरीद बिक्क्री गर्ने, कोहि छन् यहाँ मान्छेजनवारले झै ब्यवहार गर्ने , कोहि छन् यहाँ दिनलाई रात पार्ने , कोहि छ यहाँ रात लाई दिन पार्ने , कोहि छन् यहाँ सपना लाई बिपनामा बनाउन खोज्ने कोहि छन यहाँ बिपनालाई सपना बनाउनखोज्ने , कोहि छ यहाँ देशै बेच्न खोज्ने , कोहि छन् यहाँ मातृभूमि बचाउन खोज्ने , कोहि छन

रोजी लाबुङ (राई )
रोजी लाबुङ (राई )

अरुलाइ मारेर आफू बाच्न रुचाउने , बिरलै छन् यो कलि युगमा आज आफू मरेर अरुलाई बचाउने , यस्तो पनि मान्छे हरुको जन्म भएको रहेछ हाम्रो मातृभूमि मा यस्तो महान सन्तती को जन्म दिनेआमाहरु लाई कुन शब्दले सम्मान गरौं नत कुनै शब्द छ नत कुनै उपहार ले नै ब्यक्त गर्न सक्ने योग्य उपहार नै छ ।

जब मैले यो खबर सुने मेरो सारै मन छोयो र रोयो किन यस्ता महान मन रसोचाई निस्वार्थ भावना भएको ब्याक्तीहरु लाई यो सन्सारमा बाच्ने अधिकार नभए कै हो त भगवान ? मृत आत्मालाई शान्ति मिलोस् मैले तीन थरीका चालक हरु पाएँ यो स्वार्थी क्षणीकसंसारमा आफू मरेर यात्रुको ज्यान जोगाउने पनि चालक ,ब्याक गरेर घाइते यात्रु किचेर ज्यान लिने पनि चालक ,देशको सबैक्षेत्र लाई अस्तब्यस्त र ध्वस्त बनाउने पनि चालक ।।

असैह्य, असाय घटनाहरु घट्यो जे भयो जो, नेपालको उड्डयन इतिहासमा अकल्पनीय छ आफू मरेर बचाए जस्ले अरुको जीवनहरु !! कल्पनीय नै छैन यो घटना !!! सम्मान गर्नको लागी कुन शब्द छरबाँकी ? अनि कुन शब्दले पुग्छ र श्रद्धाञ्जलीको वजन उनीहरुका लागि ! आफै बिलाएर अरुलाई जिवन दिने महान महापुरुष हरुलाई सम्मान गर्न पनि कुन शब्द छ र शब्दकोष मा पनि सबैअपुरो अधुरो मात्र छ शब्द हरु ।

सच्चा भावना निस्वार्थ ब्यबहार भएका यो कलियुगमा हाम्रो भुमीमा जन्म लिएका भगवानको अवतार दिनेश न्यौपाने र सन्तोश राना, युगौं युग सम्म तपाईहरुको आत्माले शान्ती पाओस् स्वर्गमा सदैव ईश्वरको काँखमा बास होस् श्रद्धाञ्जली, श्रद्धाञ्जली, श्रद्धाञ्जली।