सापकोटाद्वारा महाधिबेशन प्रतिनिधि अस्विकार


कोपेनहेगन/ आसन्न नेपाली काँग्रेसको महाधिबेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट सहभागिताको लागि होडबाजी नै चलिरहेको छ । छनोटको बिषयमा विभिन्न देशमा तिब्र विवाद उत्पन्न भए पछि छुट्टाछुट्टै भेला पनि बोलाइए । अझ थुप्रै देशमा एनआरएनमा बहालवाला व्यक्तिहरुनै महासमिति सदस्य र प्रतिनिधि निर्बाचित भएर महाधिबेशनमा भाग नेपाल पुगेका छन्।

एनआरएनमा आसिन व्यक्तिहरु राजनीतिक पार्टीको महाधिबेशनमा भाग लिनेमा निबर्तमान एनआरएन यूरोप उपसंयोजक एबम वर्तमान आइसीसी सदस्य सोम सापकोटा भने अपबाद बनेका छन् ।

गत हप्ता जनसम्पर्क समिति डेनमार्कले सापकोटालाइ सर्बसम्मत रुपमा महाधिबेशन प्रतिनिधि चयन गरेको थियो । तर सापकोटाले उक्त पद अस्विकार गरेका छन्। सापकोटाले संस्थाको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै संस्थाप्रतिको बफादारितालाई आत्मसात गर्दै आफु र गैरआवासीय नेपाली संघमा बहाल रहेको र संघको कोड अफ कन्ड्क्ट अनुसार महाधिबेशन प्रतिनिधिमा आफुले भाग नलिने जानकारी गराएका छन्।

जनसम्पर्क समिति डेनमार्कलाई निर्णयको लागी धन्यबाद दिदै अरु कसैलाई अबसर प्रदान गर्न अनुरोध गरेको जानकारी दिए । उनको ठाँउमा जनसम्पर्क समिति डेनमार्कका पुर्ब अध्यक्ष यामलाल सुबेदी प्रतिनिधि चुनिएका छन् ।

तपाईको प्रतिक्रिया