पत्रकार महासंघ बेलायतको अध्यक्षमा, खपांगीमगर निर्बिरोध


लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा तिन जनाको दाबी रहे पनि अन्तत नरेश खपांगीमगर निर्विरोध भएका छन् । उम्मेदवारी दर्ता प्रक्रियामा अन्यले उम्मेदवारी फिर्ता लिए पछि अध्यक्षमा खपांगी निर्विरोध भएका हुन् । यस अघि अध्यक्षमा विमला सेने, नरेश खपांगी र जानुका राईले दाबी गरेका थिए।

निर्वाचन समितिका अनुसार  कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भए ।

अन्य उम्मेदवारहरु

वरिष्ठ उपाध्यक्ष
क. धर्मराज अधिकारी
ख. श्याम लुईंटेल

३. उपाध्यक्ष
क. मिलन शर्मा
ख. ध्रुवराज अर्याल

४. महासचिव
क. लिलामान शेरपुन्जा
ख. नारायण पौडेल गाउंले