बढुवा पत्र नपाउँदै अस्ताए पोखराका बास्तोला


फूलबारी, पोखरा—११ का मुक्तिनाथ बास्तोला गएको भदौमा मुक्तिनाथ गाविस मुस्ताङमासचिव भएर गएका थिए । कास्कीको सिल्दुजुरे गाविसमा सचिवको जिम्मा सम्हालेका बास्तोला बढुवा हुने विश्वासका साथ मुस्ताङ पुगेका थिए ।

हुन पनि उनले चाहे जस्तो भएको थियो, मुक्तिनाथमै काम गर्ने सिलसिलामा उनको नायब सुब्बामा बढुवा भयो । उनले त्यो खुसी परिवार र साथीहरुसँग साटेका थिए । बुधबार उनी बढुवाको पत्र लिने अनि गाविसको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारीका लागि पोखरा फुलबारी घरबाट हिँडे । जेठा छोरा किशोरले उनलाई पोखरा एयरपोर्ट छोड्न गएका थिए ।

छोरा किशोरलाई बिदाइका हात हल्लाउँदै उनी एयरपोर्टभित्र पसे । अरु १९ जना यात्रुसँगै बिहान ७.५० को उडानबाट जोमसोम उड्न उनी पनि तारा एयरमा बसे । पोखराबाट उडेको त्यो जहाज जोमसोमसम्म पुग्नै पाएन । जहाजको अधुरो यात्रासँगै बास्तोलाको जीवनयात्रा पनि समाप्त भयो र बढुवाको पत्रसमेत देख्न पाएनन् ।

‘बढुवाको पत्र लिने धोको अधुरै भो बास्तोला सरको,’ उनीसँग ३ वर्षदेखि संगत गरेका पत्रकार प्रकाश ढकालले भने, ‘मलाई पनि जाम भन्दै हुनुहुन्थ्यो । गइनँ, यस्तो हुन लेखेको रहेछ ।’ आउने आइतबार मुक्तिनाथ गाविसको सार्वजनिक सुनुवाइ कार्यक्रमकालागि बास्तोलाले ढकाललाई पनि निम्त्याएका थिए । ‘कार्यक्रमको तयारी गर्न र बढुवा पत्र पनि लिन हिँड्नु भएको हो,’ ढकालले भने ।

जिल्ला विकास समिति कास्कीमा सार्वजनिक सुनुवाइको स्थलगत अवलोकन गर्नुपर्ने भन्दै आफूचाहिँ मुक्तिनाथ नगएको ढकालले बताए । ‘यहाँ अवलोकनको जिम्मा परेको थियो, त्यही भएर म गइनँ,’ उनले भने, ‘बिहान त्यस्तो खबर पाउँदा झस्यांग भए भन्दै पोखराबाट प्रकाशित समाधान दैनिकले लेखेको छ।11988557_1131052040272719_7346991551257372464_n