बेलायती राजकुमार ह्यारीले, मार्च २० देखि नेपाल भ्रमण गर्ने


लन्डन-बेलायती राजकुमार ह्यारीले आगामी मार्च महिनाको २० देखि २३ तारिक नेपालको औपाचारिक भ्रमण गर्ने भएका छन्। केनसिनटोन प्यालेसले बिहीबार ट्विट गर्दै ह्यारीले नेपालको ४ दिने औपाचारिक भ्रमण गर्न लागेको पुष्टी गरेको हो।

नेपाल भ्रमणका क्रममा हृयारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । साथै उनले भूकम्प पीडितहरुलाई भेट्ने र उनीहरुको अवस्थाबारे जानकारी लिनेछन् ।

साथै उनले पोखरास्थित बि्रटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस क्रममा उनले भूकम्प प्रभावित पूर्व गोर्खा सैनिकहरुको अवस्थाबारे समेत जानकारी लिनेछन् ।
साथै उनले एक नेशनल पार्कको भ्रमण गर्ने र ट्रेकिङ समेत जाने छन् ।

किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’