अन्तराष्ट्रिय महिला दिवस, स्पेनमा पनि मनाईने


बार्सिलोना / गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित महिला फोरमले अन्तराष्ट्रिय महिला दिबस मनाउँने भएको छ। आगामी ८ मार्च तारिख १०६ औ अन्तरराष्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गर्दै मनाउँन लागेको हो।

बिश्वभर एक साथ अन्तराष्ट्रिय महिला दिबस मनाई रहदा,स्पेनमा पनि कार्यक्रम आयोजना गरिएको फोरम उप-संयोजक रिमा पौडेल ढकालले जानकारी दिईन्। एनआरएनए स्पेनको कार्यलयमा आयोजना गरिएको कार्यक्रम सफल पार्न जिम्मेबारी समेत बाँडफाँड गरिएको छ।

हल ब्यबस्थापनका लागि जानुका रेग्मी र जमुना सापकोटा, स्वयंसेवक परिचालनमा ऋतु ढुंगाना र चन्दा ढकाल,प्राबिधिक व्यस्थापनका लागि रन्जिता शिवाकोटी र कबिता भट्टराईलाई जिम्मेबारी दिएको फोरमले जनाएको छ।  कार्यक्रममा सहभागी भएर सफल बनाईदिन स्पेनबासी नेपाली समुदायलाई फोरमले अनुरोध गरेको छ।

अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाईन्छ । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन् १९०८को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाईन थालियो। सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।

सन् १९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। त्यस समय रुसमा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो।

यी दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फेब्रुअरीको अन्तिम आईतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रूपमा मनाउँन थालियो।