छुट्टै भेला प्रति जनसम्पर्क समिति बेल्जियमको गम्भिर ध्यानआकर्षण


नेपाली जनसम्पर्क समिति बेल्जियले नेपाली काँग्रेसको १३ महाधिवेशनका लागि छुट्टै भेला गरि महाधिवेशन प्रतिनिधी चयन गर्ने एक समूहको क्रियाकलाप प्रति दुख ब्यक्त गरेको छ।

समितिका सभापति सुवाश जोशीद्धारा जारी बिज्ञप्तिमा नेपाली जनसम्पर्क समिति बेल्जियमको हित बिपरितको गतिविधिमा संस्थापक अध्यक्ष ध्रुव राज पौडेल, पूर्व महाधिवेशन प्रतिनिधि जानकी गुरुङ र उल्का घिमिरे लगायतको संलग्नता देखिएकोमा दुस्ख प्रकट गरेको हो।

बिज्ञप्ति मार्फत आगामी दिनमा त्यस्ता किसिमका कृयाकलाप नगर्न वा नगराउन सचेत गराएको छ । उक्त बिज्ञप्ति मार्फत नेपाली काँग्रेस को १३ औं महाधिवेशनमा भाग लिनको लागी नेपाली जनसम्पर्क समितिको तर्फबाट सुवास जोशी पदेन महासमिति सदस्य, सीता सापकोटा महासमिति सदस्य र राम थापा महासमिति सदस्य साथै महाधिवेशन प्रतिनिधिमा क्रमश गंगाधर गौतम, बलिराम झा, सुभाष गुरुङ र कमल पन्थी निर्वाचित भएको जनाईएको छ ।

साथै उक्त बिज्ञप्तिमा भनिएको छ,”केहि दिन यता नेपाली जनसम्पर्क समिति बेल्जियम को नाम जोडिने गरि क्रियाशील सदस्य हरुको नाममा केहि व्यक्तिहरुको समुहले आफू खुशी निहित स्वार्थ को लागी, क्रियाशील सदस्यहरुको ईच्छा बिपरित अबैधानिक तवरले भेलाको नाममा जनसम्पर्क समिति बेल्जियमको नाम जोडिने गरि महाधिवेशनमा सहभागिता जनाउन प्रतिनिधि छनौट गरेको भनि बिभिन्न सामाजिक संजाल लगाएतका संचार माध्यम हरुमा नाम प्रकाशित हुन् आएको प्रति नेपाली जनसम्पर्क समिति बेल्जियमको गम्भीर ध्यान आकर्षण भएको छ ।”तर बिज्ञप्तिमा अध्यक्ष र महामन्त्रीको हस्ताक्षर भने देखिएको छैन।

बिज्ञप्ति जस्ताको तस्तै

Screen Shot 2016-02-24 at 15.47.30