प्रवासी मञ्च पोर्चुगलको चौथो अधिवेशन,मार्च २० तारिख हुने


बार्सिलोना / प्रवासी नेपाली मञ्च पोर्चुगलले आफ्नो चौथो अधिवेशन सम्पन्न गर्नको लागि मिति तय गरेको छ। यस अघि  मूल: आयोजक कमिटि गठन गरेको मञ्चले आगामी मार्च २० तारिक आईतबार अधिबेशन गर्ने निर्णय गरेको हो।

अधिबेशनका लागि १ सय ११ सदस्यीय आयोजक कमिटी गठन गरिसकेको मञ्चको सोमबार लिस्बनमा सम्पन्न बैठकले मिति तय गरेको हो। बैठकले मार्च १० गते सम्म सदस्यता बितरण गर्ने निर्णय गरेको मूल आयोजक कमिटीका संयोजक गोबिन्द पौडेलले जानकारी दिए।

अधिबेशनलाई सम्बोधन गर्न एमालेका नेताहरु पोर्चुगल आउँने मञ्चले जनाएको छ।