कास्की समाज पोर्चुगलको अधिबेशन तयारी तिब्र,उपसमितिहरु गठन


लिस्बन/ कास्की जिल्ला घर भै पोर्चुगलमा बसोबास गर्दै आएका कस्केलीहरुको साझा संस्था कास्की समाज पोर्तुगलको प्रथम अधिबेशनको तयारी तिब्र भईरहेको छ। मार्च ५ तारिख शनिबार पोर्तुगलको लिस्बनमा हुने अधिबेशनको तयारी तिब्र भएको हो।

आइतबार लिस्बनमा बसेको समाजको तदर्थ समितिको बैठकले संयोजक नबिन गिरीको अध्यक्षमा १०१ समिति गठन गरिएको छ। यस्तै आर्थिक उपसमितिमा रामहरी घिमिरे,प्रचार प्रसारका लागि यज्ञ राज तिमिसिना, सदस्यता वितरणमा नबिन बराल, अतिथि सम्मान तथा ब्यबस्थापनमा सीता बराल, सांस्कृतिक कार्यक्रमका लागि रबि परियार, मञ्च तथा खाजा ब्यबस्थापनमा कृष्ण सुबेदी र स्वयं सेवक ब्यबस्थापनमा भद्र बुढाथोकी रहने गरी बिभिन्न उपसमितिहरुका संयोजक तोकेको छ।

यस्तै समाजको बैठकले नारायण गुरुङको संयोजकत्वमा रमेश गुरुङ, गोविन्द पौडेल, शिवराज पौडेल, मनिराम नेपाली, प्रेम नेपाली, राम केसी, दिपक थापा रहने गरी संरक्षक तथा सलाहकार समिति पनि गठन गरेको छ।

साथै अधिबेशनलाई सफल पार्न पोर्चुगल स्थित सम्पूर्ण संघ सस्था, बाणिज्यदुत, पत्रकार,लगायत पोर्चुगलबासी नेपाली समुदायलाई समाजले अनुरोध गरेको छ।