श्रीस्वस्थानी ब्रतको, स्पेनमा बिधिबत समापन


प्रकाश तिवारी काल्पे, स्पेन
-स्पेनको काल्पे स्थित स्मृति गौतमद्वारा आफ्नो मानोआकांक्षा सहित पौष शुल्क पुर्णिमाका दिन देखि बिधिबत रुपमा आरम्भ गरिएको श्रीस्वस्थानीको ब्रत आज माघ शुल्क पूर्णिमा सोमवारका दिन बिधिबतरुपमा समापन (साङ्ग्य) गरिएको छ ।

गौतमले विदेशको व्यस्त समय र बिबिध कठिनाईका बिच पनि आफ्नो धार्मिक आस्था र मनोचाहनालाई स्वतस्फुर्तका साथ् लिन सकेमा असजिलो ठानिने कार्य पनि सहजताका साथ गर्न सकिने उदाहरण प्रस्तुत गरेकी छन्।

श्रीस्वस्तनीको ब्रत बस्ता शुद्व र चोखो हुनु पर्ने हरेक साना तिना कुरामा विचार पुर्याउनु पर्ने हुदाँ निकै अफ्ट्यारो भयो होला है भनेर गरिएको प्रश्नको उत्तर दिदैं भनिन, पुजाको लागि मात्र भनेर एउटा कोठा खाली गरियो, सबै सामानहरु नयाँ र चोखा तयार गरियो खासमा भन्दा मेरो शरीर मात्र पुरानो अरु सबै नयाँ थियो, त्यसमाथि श्रीस्वस्थानीको ब्रत आरम्भ देखि समापन सम्मका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु आफुँले नेपाल बाट मगाएर बिधिपुर्वक नै सम्पूर्ण कार्य गरियो र यसका लागि आफ्ना पति नै पुरेत (पुजारी) भएकोले पनि कुनै त्यस्तो अफ्ट्यारो भएन ।

ब्रत समापन कार्यक्रमका लागि एक हप्ता अगाडी देखि नै गौतम परिवारले सार्वजनिक रुपमा यस क्षेत्रमा बस्ने सम्पूर्ण इस्ट मित्र, दाजु भाई, दिदी बहिनी तथा शुभचिन्तकहरुलाई आफ्नो समय अनुकुल उपस्थित भएर टिका तथा प्रसाद ग्रहण गरिदिन आव्हान गरे बमोजिम समापन कार्यक्रममा करिब ६५- ७० जना नेपालीहरुको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा उपस्थित सबैका लागि टिका तथा प्रसाद सहित खानाको रुपमा सेल रोटि, पुरी तरकारी, खिर अचार लगायतका बिभिन्न परिकारहरुको ब्यबस्था गरिएको थियो। धर्म ग्रन्थका अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान बिष्णुको निर्देशनमा श्री स्वस्थानी माताको ब्रत गरि श्री महादेव पति प्राप्त गरेको बिस्वाश रहेको छ ।

नेपालमा बिशेष गरि आजका दिन देशका बिभिन्न ठाउँमा रहेका नदी नाला तथा तलाउहरुमा बिहानै श्रीस्वस्थानीको ब्रत बसेका ब्रतालु तथा अन्य श्रदालु भक्तजनहरुको भिड लाग्ने गर्दछ।

हिन्दु धर्म मान्ने नेपाली बिबाहित तथा अबिबाहित नारीहरुले पौष शुल्क पुर्णिमा देखि माघ शुल्क पुर्णिमा सम्म एक महिना सम्म बिधिपुर्वक पुजा गरि ब्रत बस्ने गर्दछन र माघ शुल्क पूर्णिमाका दिन बिधिपुर्वक ब्रतको समापन गर्दछन।