डेनमार्कमा नेपालीबीच व्याडमिन्टन प्रतियोगीता सम्पन्न


कोपनहेगन । जनसम्पर्क समित डेनमार्कको आयोजनामा डेनमार्कमा नेपाली नेपाली हरुबीच पुरुष तथा महिला दुवै तर्फको ब्याडमिन्टन  प्रतियोगीता सम्पन्न भएको छ । डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्टले खेलको उद्घाटन गरेका थिए ।

‘प्लेइङ्ग फर चिल्ड्रेन’ भन्ने नाराका साथ् ‘प्रथम जनसम्पर्क कप’ ब्याडमिन्टन  प्रतियोगीताको आयोजना गरिएको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्यले बताए । प्रतियोगीतामा खर्च कटाएर बचेको रकमले डेनमार्कमा रहेका बालबालिकाहरुको खेल विकासमा खर्च गरिने पनि उनले बताए ।

Screen Shot 2016-02-22 at 19.11.04कोपनहेगनस्थित नअबोहेलेनमा इन्डोरको रुपमा खेल खेलाइएको थियो भने सो प्रतियोगीता महिला र पुरुष गरी कुल २६ जनाले भाग लिएको जनसम्पर्क समितिका खेलकुद विभाग संयोजक तथा सो प्रतियोगीताका खेल संयोजक कृष्ण गिरिले बताए ।

प्रतियोगीता लिग अन्तर्गत खेलाइएको थियो । खेल संयोजक गिरिले  बताए अनुसार खेलाडीहरुको चाहना बमोजिम समुह बनाएर लिग खेल खेलाइएको थियो । लिग चरण अन्तर्गत खेल भएकोले खेल लम्बिएको भए पनि खेलाडी र दर्शकले भरपुर मनोरंजन लिएका थिए ।

पुरुष तर्फको खेलमा लोकेश शाह प्रथम भएका थिए भने दोस्रो र तेस्रो क्रमश:दिपक अधिकारी र काजि खड्का भएका थिए । यसैगरी महिला तर्फको खेलमा मिनु गुरुङ प्रथम भएकी थिइन भने दोस्रोमा गङ्गा थेवे र तेस्रो श्रद्धा शाक्य भएकी थिइन ।

Screen Shot 2016-02-22 at 19.16.15

                                      महिला तर्फ प्रथम भएकी मिनु गुरुङ

प्रतियोगीता संचालनमा उपाध्यक्षहरु दिपक रिजाल, तारिणी प्रसाद जोशी, सदस्यहरु रमेश घिमिरे, मुक्ति चापागाईं, कोषाध्यक्ष गिरिराज कंडेल एवं हेम प्रसाद अर्याल, पवन पाण्डे,दिपेन्द्र विस्ट, कुल राज सापकोटा, संदेश श्रेष्ठ, महेश कंसाकार लगायत सबैले सहयोग पुर्याएका थिए।

जनसम्पर्क समितिका महामन्त्री बुद्धि सापकोटाले बताए अनुसार खेल अवधी भर स्वतस्फुर्त रुपमा आर्थिक सहयोग गरेका थिए जुन सबै विवरण छिट्टै सार्वजनिक गरिने पनि उनले बताए ।

Screen Shot 2016-02-22 at 19.11.44
पुरुषतर्फ प्रथम भएका लोकेश शाह

कोइरालाको श्रद्धान्जली सभा पनि सम्पन्न
यसैगरी सोहि खेल प्रतियोगीताको समापन संगै स्वर्गीय शुशिल कोइरालाको स्मृतिमा श्रद्धान्जली सभा पनि सम्पन्न भएको थियो । श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा सहभागी सबैले लेखेर शोक व्यक्त पनि गरेका थिए । श्रद्धान्जली सभामा अध्यक्ष नवराज आचार्यले कोइरालाले पुर्याएको योगदानको स्मरण गरेका थिए ।

श्रद्धान्जली सभा कार्यक्रमको संचालन जनसम्पर्क समितिका महामन्त्री बुद्धि सापकोटाले गरेका थिए ।