स्पेनमा पनि कोईरालाको सम्झना


बार्सिलोना/ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको  तेर्हौं दिनको पुण्य तिथीमा स्पेनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नेपाली जन सम्पर्क समिती स्पेनले आईतबार बार्सिलोनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।

कार्यक्रमका सहभागीहरुले स्वर्गीय कोइरालाले त्याग र निष्ठाको राजनीतिमा पुरै जीवन बिताएको भन्दै प्रशंशा गरेका थिए। जनसम्पर्क समिति युरोपका उपाध्यक्ष पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा बोल्दै स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले कोईरालाको चर्चा गरेका थिए। संबिधान निर्माणमा कोइरालाले निर्वाह गरेको अग्रणी भुमिकाको सहभागीहरुले स्मरण गरे।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका उपाध्यक्ष राजु शमशेर थापा,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ , जन प्रगतीशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसाल,तमु समाज स्पेनका अध्यक्ष ज्योती गुरुङ, स्याङजा सहयोग समाजका अध्यक्ष बेन बहादुर गुरुङ लगायतले कोईराला प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए। समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष बिष्णु रिजालले स्वागत गरे भने, कार्यक्रम संचालन महामन्त्री राजु थापाले संचालन गरेका थिए।

नेपालको राजनीतिमा स्वर्गीय कोइरालाले दिएको योगदानबारे स्पेनको राष्ट्रिय मिडीयाले समेत उल्लेख्य स्थानका साथ प्राथमिकता दिएको बताउदै अर्का उपाध्यक्ष सन्तोष श्रेष्ठलेश्रद्धाञ्जली सभा बारे नेपालीनेपाली डटकमलाई जानकारी गराएका हुन्।