डेनमार्कमा पनि प्रजातन्त्र दिवस मनाइयो


कोपनहेगन । डेनमार्कमा पनि प्रजातन्त्र दिवस मनाइएको छ । नेपाली दुतावास डेनमार्कको आयोजनामा कोपनहेगन स्थित नेपाली दुतावास प्रांगणमा मनाइएको हो ।

कार्यक्रममा डेनमार्कका लागि महामहिम राजदुत मुक्तिनाथ भट्टले प्रजान्त्र दिवसको शुभकामना दिंदै हामीले मानिदैं आएको प्रजातन्त्रकै कारण देशमा परिवर्तन सम्भव भएको बताए ।

Screen Shot 2016-02-21 at 17.05.58कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दुतावासका कन्सुलर रामकाजी खड्काले पनि प्रजातन्त्रको शुभकामना दिएका थिए ।

कार्यक्रममा एन आर एन केन्द्रका युवा  उप-संयोजक लोकराज शर्मा, आइ सी सी सदस्य सोमनाथ सापकोटा, जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नविन आचार्य, प्रवासी मंच डेनमार्कका उपाध्यक्ष बिष्णु पौडेल, एन आर एन डेनमार्कका पुर्व अध्यक्ष दिपक सापकोटा, प्रवासी मंच डेनमार्कका शुशिल आचार्य, क्रिएटिभ नेपलीज वुमन डेनमार्ककी अध्यक्ष अन्जु पराजुली,प्रवासी नेपाली मंचका शिव चापागाईं, ड्यान नेपालका इसान मान सिंह अधिकारी, इनास डेनमार्कका अध्यक्ष सन्त थापा मगर लगायतले प्रजान्त्रका बारेमा शुभकामना मन्तव्य राखेका थिए ।

Screen Shot 2016-02-21 at 16.57.38