मिडियाको कार्यक्रममा स्बिजरल्याण्डमा तामझाँम (फोटोफिचर)


जुरिच/ ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमको छैठौं वार्षिकोत्सव समारोहलाई गैर आबासीय नेपाली संघ ( एनआरएनए) का प्रमुख संरक्षक जीबा लामीछानेले उद्घाटन गरेका छन्।

यूरोपका लोकप्रिय नेपाली कलाकार, साहित्यकार र पत्रकारहरुको माँझ एनआरएनएका पुर्ब अध्यक्ष समेत रहेका लामिछानेले उद्घाटन गरेका हुन्। मीडियाको बार्षिक उत्सब समारोहमा एनआरएनका अभियन्ताहरुको बाक्लो उपस्थितिले कार्यक्रम एनआरएनए मय बनेको छ।

मिडियाले आफ्नो बार्षिकउत्सबको अबसरमा युरोपमा बिभिन्न क्षेत्रमा रही व्यक्तित्वहरुलाई सम्मानको कार्यक्रम पनि राखेको छ। पत्रकार,कलाकार, समाजसेबी लगायत बिभिन्न क्षेत्रमा रही सामाजिक रुपमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्न लागेको हो।

12719102_577023279139912_3038040931074952522_oकार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि के. सी,यूरोप संयोजक कुल आचार्य, उप -संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, उप-संयोजक रजनी प्रधान,आईसीसी सदस्य एकराज गिरी लगायतको बाक्लो उपस्थिति रहेको छ।

यस्तै वार्षिकोत्सब समारोहमा सहभागी हुन नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, पत्रकार महासंघ यूरोप शाखाका बरिष्ट उपाध्यक्ष ओम शर्मा,नेपालीनेपाली डटकमका प्रधान- सम्पादक तथा अनलाईनखबरका युरोप संयोजक बसन्त रानाभाट, गोर्खा रेडियो यूकेका निर्देशक नरेन्द्र बस्नेत, साहित्यकार एवं ईन्फोमाला डट कमका कोर्डिनेटर पंचम अधिकारी,अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूरोप संयोजक अर्जुन काफ्ले लगायत परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको पनि उपस्थिति रहेको छ।12764526_577023155806591_110169461581379807_o12764516_577023355806571_1536163839817758000_o12768265_577023009139939_1045148659591621663_o12747524_577022949139945_4498551650300649666_o12764429_577022965806610_4208716793210619708_o