नेदरल्यान्ड्समा कोइरालाको सम्झना


आम्स्ट्रडाम,नेदरल्यान्ड्स
नेपाली काँग्रेसका सभापति, पूर्व प्रधानमन्त्री,संबिधानका पिता, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. सुशील कोइरालाको १३ औं दिनको पुण्य तिथिमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्स द्वारा आयोजित श्रदान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण आचार्यले स्वर्गीय कोइरालाले अबलम्बन गरेको निष्ठा र इमान्दार राजनीतिको प्रशंशा गर्दै मुलुकले आजको दिनमा एक असल राजनेता गुमाएको बताउदै उहाँको अभाब सधै खड्कीरहने बताए ।

यसैगरी एनआरएन नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङले उहाँले देखाउनु भएको सहमति र सहकार्यको बाटोलाई सबै दल र नेताहरुले अनुसरण गर्नु पर्छ तब मात्र देशले निकास पाउछ भन्दै वहाले राष्ट्रलाइ दिएका अतुलनीय योगदानको कदर गर्नु नै उहाँ प्रति सच्चा श्रदान्जली हुने बताएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले स्वर्गीय सुशील कोइरालाले देखाएको बाटोमा हामीहरु हिड्नुपर्ने र उहाले अंगाल्नु भएका नीति तथा कार्यक्रम हरुलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी आसन्न नेपाली काँग्रेसको १३ औ महाधिबेशनको लागि नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट भाग लिन जाने नबनिर्बाचित महासमिति सदस्य र प्रतिनिधिहरु लाइ उक्त कार्यक्रममा बधाई तथा शुभकामना सहित प्रमाणपत्र बितरण गरिएको थियो ।

सहिदहरुको सम्मानमा १ मिनट मौन धारण गरि राष्ट्रिय गान संगै कोइरालाको तस्विरमा माल्यापण गर्दै सुरु गरिएको उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सका अध्यक्ष दिपक रेग्मीको सभापतित्व,नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष एबम पुर्ब एनआरएन अध्यक्ष नारायण आचार्यको प्रमुख अथिथ्यता एबम एनआरएन नेदरल्यान्ड्सका अध्यक्ष हिमाल गुरुङको बिशेष अथिथ्यतामा सम्पन्न भएको थियो

कार्यक्रममा एनआरएन नेदरल्यान्ड्सका पुर्ब अध्यक्ष हरि पौडेल,कृष्णराज अधिकारी,पुर्ब आइसिसि सदस्य शारदा बराइली,जनसम्पर्क समिति नेदरल्यान्ड्सका पुर्ब अध्यक्ष मनोहरि शर्मा,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत काँग्रेसजन हरुको उपस्थिति रहेको थियो ।