सिक्दै छु….


-धिरज शर्मा

बेदनाको बहाल भुलेर पनि रमाउन सिक्दै छु,
बाँदरको शहरमा प्रभुत्व आफ्नो जमाउन सिक्दै छु।

दाम र नाम एकै चोटि कमाउन नि गाह्रो रै छ,
नाम भन्दा बाँच्न दाम कमाउन सिक्दै छु,

अर्काको भार कत्ती बोक्नु दिक्क लाग्छ कहिले त,
अब आफ्नो भार अरुलाई थमाउन सिक्दै छु।

सोझोपनको फाइदा उठाइ आफ्नै टाउको टेके पछी,
सामन्त र खुराफात गर्नेको घाँटी समाउन सिक्दै छु ॥॥॥