स्याङजा समाजको कार्यसमिति बिस्तार तथा सल्लाहकार समिति गठन


बार्सिलोना / स्याङजा सहयोग समाज,अन्तर्राष्ट्रिय समन्वय समितिले सल्लाहकार समिति गठन तथा कार्यसमिति बिस्तार गरेको छ। शनिबार बसेको समाजको नियमित बैठकले ८ सदस्यीय सल्लाहकार समिति तथा कार्यसमितिमा ६ सदस्यहरु थप गरेको हो। सल्लाहकार समितिमा नेपालबाट प्रा.डा. दिल बहादुर क्षेत्री, श्रीकान्त रेग्मी, डा. बुद्धिमान श्रेष्ठ र अनन्त कुमार श्रेष्ठ रहेका छन्। यस्तै युएईबाट राजेश दर्शन अर्याल कतारदेखि गुरुनारायण रानाभाट,स्पेनबाट शालिकराम डुम्रे र जापानका देविलाल भण्डारी पनि सल्लाहकार समितिमा चयन भएका छन्।

समाजले कार्यसमिति बिस्तारको क्रममा ६ जना सदस्यहरु मनोनित गरेको छ। समितिका सदस्यहरुमा ठाकुर प्रसाद पौडेल मोहनीलाल खनाल,लोकनाथ अर्याल,राम बहादर जि.टि,कृष्ण प्रसाद काफ्ले र टिकाराम अर्याल रहेका छन्।

यसैबीच समाजले अक्षय कोष बृद्धि तथा त्यसको प्रभावकारी परिचालनका लागि स्याङजा सहयोग समाज, कतारका पुर्व अध्यक्ष टुकराज अर्याललाई संयोजकमा मनोनित गरेको छ। समाजका अध्यक्ष चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा साईबर बैठक सम्पन्न भएको थियो।