आजमात्र हैन,प्रेम गर्नेलाई सधै प्रेम दिबस


रोजी लाबुङ (राई )

– रोजी लाबुङ (राई )

सायद म मात्र अहिलेको परीपेक्षयमा अनौंठौ अबुझ अनि असभ्य परेकी कि के हो ??? कि मेरो सोच बिचार ब्यबहार नै पो अजिव असामाजिक पो भयो कि ? या त म पो अलिक पछाडिएको मनस्थीती को भएर होकि ?? वा अहिलेको समय र परीस्थीती सँग म नै पो भिज्न नसकेको हो कि ???

बास्तबमा सबैको आफ्नो आफ्नो बिचार हुन्छ आफ्नै भावना हुन्छ हरेक चाड पर्व हरेक समारोह हरेक हाम्रो कला संस्कृति परम्पराहरु लाई मान्ने मनाउने तर त्यो मध्ये म आजको दिनलाई मध्यनजर गरेर यो छोटो मेरो बिचार हरु हजुरहरु मार्फ़त राख्दै छु गल्ती भएमा माफ गर्नु होला मैले कसैको बास्तबीकता माथी कसैको चाहानालाई उलंगन खन्डन गर्न खोजेको पनि हैन साथै कसैलाई औंल्याउन खोजेको पनि हैन सिर्फ मेरो सोचाईहरु मात्र हजुरहरु संग बाड्न खोजेको हो ।।।

आज हरेक न्यूज़ हरुमा अनेकौं माध्यमहरु द्वारा फेसको भित्ताहरु मा प्रेमदिवस भ्यालेन्टाईन दिनको सुभकामना हरु उपहारहरु दिएको आदानप्रदान गरेको देखें भेंटें अनि मलाई आफै आश्चर्य पनि लाग्यो र हाँस पनि उठ्यो अनि आफैलाई आफैले प्रश्न गरें तिमी चाहि किन कसैलाई कोहि तिम्रो आफन्त मान्यजन साथीभाई ईस्टमित्र अनि तिम्रो प्रियजन कसैलाई पनि कुनै सुभकामना उपहार ब्यक्त गर्दैनौ आदान प्रदान गर्दैनौ ??????? अनि मेरो अन्तर आत्मा मा मैले उत्तर पाएँ अनि मेरो अन्तर मनले मलाई भन्यो –।।।

तर बास्तबमा भन्नु पर्दा

अाज प्रेमदिवस भ्यालेन्टाईन दिन अरे तर वास्तवमा मेरो लागी सदैव प्रेमदिवस हुन्छ

प्रेमलाई म कुनै पनि उपहार संग दाँज्न चाहान्न

अनि बर्षमा एक दिन मात्र प्रेमदिवस मनाउन पनि म चाहान्न प्रेम त्यो अमुल्य चिज हो सदासर्बदा निरन्तर साथ साथै रहन्छ नत यो जोखेर जोख्न सक्छु म नत कुनै मुल्य नै तोक्न सक्छु मेरो जिवनमा प्रेम सदैव अपरीहार्य छ प्रेमबिना म एकपल पनि रहन सक्दीन म मा भएको प्रेम सँदैव निश्छल अनि निस्वार्थ छ पवित्र अनि अपारदर्शी  छ ।

जसले मलाई प्रेम गर्दछ म जसरी उसलाई प्रेम गर्दछु उसरी नै गरोस् म त्यही चहान्छु त्यहि नै मेरो लागी भरपुर हो मलाई कुनै उपहार फुलको गुच्छा चाहिदैन उपहारले हैन स्वच्छ पवित्र मनले निस्वार्थ निस्कलंक भावनाले माया गरोस् आदर गरोस् त्यहि मेरो लागी स्वर्बस्व हो अनि फेरी मेरो मान्यता त्यहि दिन उपहार दिनु पर्दछ भन्ने छैन चोखो मन र निस्वार्थ भावना ले जहिलै पनि उपहार दिन सकिन्छ नि हैन र ?

मेरो तर्फबाट आज मात्र हैन सदैब हरहमेशा मेरो सम्पुर्ण आफन्तहरु मान्यजनहरु साथीसंगीहरु सबैलाई पवित्र माया आदर सम्मान को उपहारै उपहार छ जव सम्म म जिवीत रहन्छु तब सम्म ।।

बुधबारे -५ झापा

नेपाल -हाल यु. के