याद गर्नु होस्, पैसाको मुख सँधै कालो…


रोजी लाबुङ (राई )

रोजी लाबुङ (राई )

  • याद गर्नु होस् पैसाको मुख सँधै कालो अनि स्वार्थपुर्ण हुन्छ !!!!
  • जो मानिस धेरै पैसाको पछि लाग्छ
  • त्यसले आँखा देख्ने ब्यक्तीलाई पनि अन्धा तुल्याउँछ र अन्धा ब्यक्तीलाई पनि देख्न सक्ने बनाउछ ।।
  • जो मानिस बढ़ी पैसाको मुख हेर्छ
  • त्यसले राम्रो कुराहरु पनि सबै उल्टापाल्टा बनाएर नराम्रो बनाई दिन्छ नराम्रो कुरालाई पनि अनेकौं जाल रची राम्रो बनाई दिन्छ ।।
  • जो मानिस पैसाको रबाफमा हुन्छ त्यसले
  • अरुलाई सँधै निच स्वार्थी निस्प्रेम नकरात्मक भाबले हेर्ने गर्दछ ।।
  • जो मानिस पैसालाई सर्वस्व ठान्छ त्यसको
  • अरु दीन दुखी बृद्द बच्चाहरु लाई वुझ्ने आत्मा मरीसकेको हुन्छ जो मानिस पैसाको लालचमा हुन्छ त्यसले दीन दुखी बृद्ध बालकहरु को बेवस्ता गर्छ ।।
  • जो मानिस पैसामा बिक्न चहान्छ त्यसले
  • जो कसैको हिंसा हत्या बलत्कार गर्न सामान्य ठान्छ उसलाई कुनै पनि ईज्जतको आवश्यक हुँदैन कारण उ पैसाको लागी चुकी सकेको हुन्छ ईज्जत नै नभएको मान्छे को बदनाम हुन संग कुनै सरोकार नै हुँदैन ।।।
  • जो मानिस पैसालाई बढ़ी महत्त्व दिन्छ
  • त्यसले आफ्नो जिवनको अर्थ बुझ्नबाट बन्चित हुन्छ कारण पैसाको होड़ बाजीमा उसले आफै महत्व र अस्थीत्व लाई निर्जिब पैसा संग मात्र तौली रहेको जोखी रहेको हुन्छ ।।।
  • जो मानिस पैसामा भरपूर तृप्त छ
  • त्यो सँधै अहम अनि घमण्डमा आफैलाई होमी रहन्छ नत उसलाई आफ्नो घर परीबार आफन्त साथी भाई स्टमित्रको नै कुनै प्रवाह हुन्छ
  • पैसाको मोहमा हमेशा ऊ लागी रहन्छ
  • कठोर बनेर रंगीन संसारमा ऊ भौंतारी रहन्छ
  • क्षणीक ऐश आराम अनि विलासिता मा रुमलीएर आफ्नो सारा खुसी मौलिकता ब्यबहार भावनालाई तिलान्जली दिई रहेको उसलाई पत्तो समेत हुदैन आखीर सबै छोडी एक दिन जान बाध्य हुन्छ सिर्फ रित्तो शरीर लिएर चितामा …………………………..
  • बिचरा पैसा आफै स्वार्थी निर्जीब छ ऊ कहिलै जाँदैन चितामा कसैलाई पनि पच्छाएर ………।।।।
  • बुधबारे -५ झापा
  • नेपाल -हाल यु. के

तपाईको प्रतिक्रिया