स्पेन छिराउन मानबतस्बरको हदै सम्मको हर्कत (भिडियो सहित)


म्याड्रिड – मानबतस्करीले आप्रबासीहरुलाई स्पेन छिराउनका लागि हदै सम्मको हर्कत अपनाएका छन्। केहि समय अगाडि सुटकेसमा बालक राखेर स्पेन छिराउँदै गरेको घटना सेलाउँन नपाउँदै कारमा अनौठो ढंगमा, मानबतस्करहरुले मान्छे ओसार्ने गरेको घटना सार्बजनिक भएको छ।

कारमा डोरीले बाँधिएर प्रहरीलाई झूक्याउँदै स्पेन छिर्न खोजेका गुयनाका एक व्यक्तिलाई प्रहरीले भर्खरै पक्राउ गरेको छ । मोरक्कोमा दर्ता भएको रिनाउल्ट कम्पनीको एक कारमा उनी बाँधिएका थिए । उनको मोजामा ठूलो प्वाल थियो र त्यस प्वालमा हेडलाईट जस्तो देखिनेगरी पहेँलो पोतिएको थियो । कारको पछाडीपट्टी प्वाल बनाएर उनी बाँधिएर बसेका थिए । प्रहरीले पक्राउ गरेपछि यि अफ्रिकी व्यक्तिलाई तत्कालै अस्पताल लग्यो र उनले त्यसरी बाँधिएर यात्रा गर्ने क्रममा सास फेर्न अफ्टेरो भएको प्रतिक्रिया दिए ।

साससम्म फेर्न नपाइकन कस्टकर रुपमा युरोप छिर्नेहरुको संख्या पछिल्लो समय बढ्दो छ । उत्तरी अफ्रिकासँगको नाकाबाट भित्र्न खोजेका यि व्यक्ति निकै गम्भीर अवस्थामा रहेको स्पेनको गार्डिया सिभिलका प्रवक्ता फ्रान्सिस्को पेरेजले बताएका छन् । उनी भन्छन् –‘हामीले अत्यन्तै गम्भीर अवस्थामा उनलाई फेला पा¥यौ । उनी सास फेर्न सकिरहेका थिएनन् र उनको शरिरका अधिकांश भाग चलेका थिएनन् ।’ प्रहरीले कारभित्र रहेका मोरक्कोका दुई नागरिकलाई समेत पक्राउ गरेको छ ।

3116004000000578-3442046-Another_hiding_spot_favoured_by_migrants_is_squashing_inside_the-a-117_1455198617659उनीहरु अफ्रिकाबाट त्यसरी आप्रवासी ल्याउने तस्कर रहेको प्रहरीको भनाई छ । यसरी सास्ती खेपेर युरोप छिर्न चाहने ति आप्रवासी भने उपचारपछि भर्खरै अस्पतालबाट डिस्चार्ज भएका छन् । यसअघि यसैगरी लुकेर युरोप छिर्न खोज्ने गुयनाका २४ र १३ वर्षका दुई नागरिकलाई प्रहरीले समातेको थियो । मर्सिडिज कारबाट उनीहरु युरोप छिर्न खोजेका थिए । प्रहरीले चेकजाँच सूरु गरेपछि कारका ड्राइभर भाग्न खोजपनि उनलाई अन्नत प्रहरीले पक्राउ गरेको छ ।

मोरक्कोको सिमाना हुदैँ थुप्रै आप्रवासीहरु स्पेनतर्फ आईरहेको प्रति स्पेनिस प्रहरी सर्तक भएको छ । गाडीभित्र लुकेर वा गाडीमा बाँधिएर मोरक्कोबाट स्पेन छिर्नेहरुको भिड बढेपछि प्रहरी सर्तक बनेको हो । दलालहरुले विभिन्न माध्यमबाट मोरक्कोका आदिवासीहरुलाई स्पेन भित्र्याउँदै युरोपका अन्य देशमा लैजाने गरेका छन् । पछिल्लो समय यातना खपेर भएपनि अफ्रिकाबाट युरोप छिर्न खोज्ने आप्रवासीको संख्या बढ्दो छ भन्दै डेली मेलले  लेखेको छ।