स्कुल नृत्य प्रतियोगितामा,मनिमा शाहीको समुह प्रथम


मोहन मुन/पोखरा ,

एक्स आर्मी उच्च माध्यामिक बिद्यालयमा भएको खुल्ला नृत्य प्रतियोगितामा मनिमा शाहीको समुह प्रथम भएको छ। पोखरा उपमहानगरपालिका वडा नं १७ डेभिजफल्स स्थित बिद्यालय प्राङ्गणमा सम्पन्न प्रतियोगितामा १२ टिमलाई उछिन्दै शाहीको समुह प्रथम भएको हो। प्रतियोगिता सृष्टि शाहीको समुह दोस्रो,निश्चल पोख्रेलको समुह तेस्रो र कुशुम पौडेलको समुह र बबिन रानाभाटको समुहले शान्त्वना स्थान प्राप्त गरेको निर्णायक मण्डलमा रहेकी शिक्षिका ज्योति गुरूड्गले बताईन।

यस स्कुलमा अध्ययनरत छात्रा-छात्रहरूले समुह बनाएर प्रतियोगितामा भाग लिएका थिए। विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख राजु खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य मोहनलाल पौडेल रहेका थिए। कक्षा ९ का छात्र विनायक सिग्देलले कार्यक्रम संचालनगरेका थिए। राष्टिय भावनाले ओतपोत भएका गीतहरूमा प्रतियोगी विद्यार्थीहरू विभिन्न भाषा,सँस्कृति झल्किने नृत्यहरू प्रस्तुत गरे।

unnamed-15

तपाईको प्रतिक्रिया