जर्मनीमा सिरियासम्बन्धी वार्ता,युद्धविराम लागू गर्न सहमति


बीबीसी / जर्मनीको म्युनिखमा भएको सिरियासम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा राष्ट्रव्यापी रुपमा युद्धविराम लागू गर्न सहमति भएको छ। त्यसको कार्यान्वयन एक हप्ताभित्र हुने बताइएको छ।
अमेरिकी विदेशमन्त्री जन केरीले ‘शत्रुता अन्त्य’ को नीति जिहादी समूहहरु आइएस र अल नुसरा फ्रण्टका लागि भने लागू नहुने बताएका छन्। उनले म्युनिख वार्तामा मानवीय सहयोगलाई तुरुन्त तीव्रता दिने र राहत सामाग्रीको आपूर्तिलाई विस्तार गर्ने सहमति पनि भएको जनाए।

मानवीय सहायताका लागि पहुंच सुनिश्चित गर्न राष्ट्रसंघले एउटा कार्यदल बनाउने बताइएको छ। सिरियामा विभिन्न पक्षबीच भड्किएको लडाइँका कारण हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घर छाड्न बाध्य भएका छन् भनी बीबीसी समाचारमा उल्लेख छ।