पोर्चुगलमा पनि कोईरालाको श्रद्धान्जली सभा राखिदै


लिस्वन/ नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै, नेपाली जनसम्पर्क समिती पोर्चुगलले श्रद्धान्जली सभाको आयोजना गर्ने भएको छ।कोईराला प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्न समितिले कार्यक्रमको आयोजना गरेको हो।

श्रद्धान्जली सभामा सहभागी हुन समितिले पोर्तुगलबासी नेपाली समुदायलाई अनुरोध गर्दै सुचना जारी गरेको छ। समितीले आगामी फेब्रुवरी १५ तारिक दिउँसो श्रद्धान्जली सभाको आयोजना गरेको छ। यस अघि युरोपमा नेपाली जनसम्पर्क समिति बेल्जियम र डेनमार्कले पनि यस्तै कार्यक्रम गर्दै कोईरालाको सम्झना गरेका थिए।
थप बिबरण:-
कार्यक्रम स्थल र समय –
Restaurante Taste of Nepal
Rua Latino Coelho 10 A/B
Saldanha Near Sheraton Hotel / Near Metro Picoas
दिउसो ३.३० बजे १५ फेब्रुवरी २०१६