युरोपका कलाकार,पत्रकार तथा साहित्यकारको जमघट हुँदै


स्विटजरल्याण्ड/ युरोपका लोकप्रीय कलाकारहरुको साथ संगीतमय बन्ने स्विटजरल्याण्ड साहित्य र विचारले सजिने भएको छ । नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सबमा आगामी फेब्रुअरी २० तारिक हुने कार्यक्रम संगीतमय मात्र नभई बिचार र साहित्यले पनि सजिने भएको हो।

वार्षिकोत्सब समारोहमा अतिथिका रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, पत्रकार महासंघ यूरोप शाखाका बरिष्ट उपाध्यक्ष ओम शर्मा,नेपालीनेपाली डटकमका प्रधान- सम्पादक तथा अनलाईनखबरका युरोप संयोजक बसन्त रानाभाट, गोर्खा रेडियो यूकेका निर्देशक नरेन्द्र बस्नेत, साहित्यकार एवं ईन्फोमाला डट कमका कोर्डिनेटर पंचम अधिकारी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम अध्यक्ष दिपकज्योति पौडेल जुरिच जाने भएका छन्।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल,यूरोप संयोजक अर्जुन काफ्ले लगायत परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको उपस्थितिले वार्षिकोत्सबलाई विचार र साहित्यमय बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा एनआरएनए अभियन्ताहरुको पनि बाक्लो उपस्थिति रहने भएको छ।