डेनमार्कमा कोईरालाको श्रद्धाञ्जली सभा सम्पन्न


कोपनहेगन । नेपाली कांग्रेसका सभापती तथा पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको निघनप्रती शोक व्यक्त गर्दै डेनमार्कमा पनि शोक सभाको आयोजना गरिएको छ ।

जनसम्पर्क समिति डेनमार्कको आयोजनामा भएको उक्त शोक सभामा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नविन आचार्यले कोइरालाको निधनबाट देशले एक त्यागी नेता गुमाएको बताए ।

शोक सभामा उपस्थित सबैले कोइरालाप्रती श्रद्धान्जली व्यक्त गर्दै तस्वीरमा फूलमाला अर्पण गरेका थिए । शोक सभामा जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष रामचन्द्र पाठक, सल्लाहाकारहरु याम लाल सुवेदी, गोविन्द पौडेल, शैलेन्द्र अधिकारी, महेश सिंह खत्री साथै यसैगरी जनसम्पर्कका पदाधिकारीहरु यादव बस्नेत, संदेश श्रेष्ठ लगायतले शोक व्यक्त गरेका थिए ।

शोकसभामा जनप्रगतिशील मंच डेनमार्कका पुर्व अध्यक्ष उदय राज गौतम, एन आर एन डेनमार्कमा पुर्व अध्यक्ष दिपक सापकोटा लगायतले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै शोक व्यक्त गरेका थिए । सो शोक सभाको संचालन जनसम्पर्क समितिका सदस्य रमेश घिमिरेले गरेका थिए ।