बेल्जियममा कोईरालाको सम्झना


– बिजय शर्मा दर्पण
नेपाली जनसम्पर्क समिति बेल्जियमले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला प्रति श्रद्दाञ्जली ब्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ।बेल्जियम स्थित लुभेनमा भएको शोक सभामा,सहभागीहरुले कोइराला इमान्दार,शालिन र सरल नेता भएको चर्चा गर्दै  श्रद्दाञ्जली ब्यक्त गरेका छन्।

कोईरालाको नेतृत्वमा, पार्टी संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्दै, मुलुकले नयाँ संविधान पाएको अध्यक्ष सुवास जोशीले स्मरण गरे। शोक सभामा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम,आईसीसी सदस्यद्वय नेत्र मगर र जानकी गुरुङ , आईसीसी सल्लाहकार पीजी शेर्पा तथा जनसम्पर्क समिति बेल्जियमका कार्यसमितिका सदस्य लगायत नेपाली काँग्रेसमा शुभेच्छुक एबम सर्बसाधारणको उपस्थिति रहेको थियो।कोईरालाको मृत आत्माको चिरशान्तीको कामाना गर्दै दिप प्रज्जवलन गरिएको थियो। 10156119_859160720862970_2265587404436564749_n