सागमा ४ पदक दिलाउँने गैर आबासीय खेलाडी, गौरिकालाई एनआरएनको बधाई


बार्सिलोना/ १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पौडी खेलमा एक रजत सहित ४ वटा पदक दिलाएकी गैर आबासीय गौरिका सिहंलाई एनआरएनएले बधाई दिएको छ । प्रवक्ता रन्जु थापाद्वारा विहीवार जारी विज्ञप्तिमा, गौरिकाको सफलताले सम्पूर्ण नेपालीसंगै, गैरआवासीय नेपाली समुदायलाई हर्षित तुल्याएको भन्दै संघले बधाई दिएको हो।

‘गौरिकाले पहिलोपटक साग प्रतियोगितामा पौडी खेलमा नेपाललाई पदक दिलाइन भने एकै खेलाडीले धेरैवटा पदक प्राप्त गरेर अर्को किर्तिमान पनि राखेकी छिन् ।

नेपालको तर्फबाट प्रतिस्पर्धा गरिरहेकी गौरिकाले १३ बर्षकै उमेरमा आफ्नो मातृभूमीका लागि दिएको योगदानप्रति गैरआवासीय नेपाली संघ गौरिका र उनको परिवारलाई हार्दिक बधाइ ज्ञापन गर्दछ बिज्ञप्तिमा भनिएको छ।

आगामी दिनमा गैरआवासीय नेपाली समुदायबाट गौरिका जस्तै नेपाली नागरिकताधारी प्रतिभाहरुलाई नेपालको प्रतिनिधित्व गराउन यसले थप हौसला मिल्ने हामीले बिश्वास लिएका छौं । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरुलाई गैरआवासीय नेपाली प्रतिभालाई प्रोत्साहन र सहजीकरण गर्न पनि हामी हार्दिक अपिल गर्दछौं’ भनिएको छ । गैरआवासीय नेपाली संघले लामो समयदेखि बिदेशमा बसोबास गरिरहेका नयाँ पुस्ताका नेपाली प्रतिभाहरुलाई नेपालको राष्ट्रिय टीममा समावेश गर्न पहल गर्दै आइरहेको थियो ।

12742557_957116594335422_8947193169264172630_n