रिन तिर्नु पर्दछ (कविता)


– पित्ताम्वर नेपाली
——————
पाती ,सम्धी,जरे ,जाई
कुलकुलाई उता तिर ।
सरादी रँगुवा ,निस्ती
सिग्दी सेती यता तिर ।।
गुनगुनाई रहेकाछन
गयाै तिमी कता भनी ।
बगी रहन्छ याे अाँधी
म खाेजी ल्याउँछु भनी ।।
पन्चासे डहरे खर्सु
जुम्लीठाना र काेट सबै ।
काखै रित्ताे बनाएर
नजाऊ भन्दछन सधैं ।।
तिम्रो बिछाेडमा हेर
यी पाखा पखेराहरु ।
कालाे बादलकाे घुम्टो
अाेढी रुन्छन धुरुधुरु ।।
तिमी अाए यहाँ फुल्छ
गुराँस ढकमक्क भै ।
तिमी अाए यहाँ नाच्छे
जुरेली पनि मस्त भै ।।
तिम्रो बिछाेडमा रुन्छे
बनमा हेर न्याउली।
काफल पाक्याे भनी डाक्छे
रुखमा बसी काेइली ।।
जन्मेकाे ठाउँ यही हाे
हुर्केकाे पनि यहीं हाे ।
हाँस्दै खेल्दै रमाउँदै
हिंडेकाे ठाउँ यही हाे ।।
बिर्सनु हुन्न याे ठाउँ
बिर्सेमा पाप लाग्दछ।
जन्मेकाे ठाउँकाे रिन
अवश्य तिर्नु पर्दछ ।।
============
पाेखरा
२४माघ २०७२