पोर्तुगलमा ३४ बर्षको अल्पआयूमा, नेपाली युवकको मृत्यु


 बसन्त रानाभाट बार्सिलोना/ बागलुङ् भिमपोखरा गाबिस बडा नम्बर ६ स्थायी घर भएका ३४ बर्षिय डिल्ली राज पौडेल (डोलेन्द्र) को पोर्तुगलमा उपचारको क्रममा मृत्यु भएको छ। ज्वरो बढे पछि अस्पताल पुगेका पौडेलको १ महिनाको उपाचार पछि गत आईतबार मृत्यु भएको हो।

पौडेललाई लिस्बन स्थित ३ बटा छुट्टाछुट्टै अस्पतालमा १ महिना लामो उपाचार गरिएको थियो। सन् २००७ देखि पोर्तुगलमा बस्दै आएका पौडेलले, २ बर्ष अघि मात्र यहाँको रेसीडेन्सी कार्ड बनाएका थिए। ६ महिना अघि मात्र पौडेलले श्रीमतीलाई पनि पोर्तुगल बोलाएर सँगै बस्दै आएका थिए। परिबारमा पौडेलकी आमा, ४ जना दाजुभाई र २ जना दिदि बहिनीहरु रहेका छन्। सन् २००९ मा पौडेलले पितालाई गुमाएका थिए।

पौडेलको एक्कासी कसरी भयो मृत्यु ?

भाईलाई अल्पआयुमा नै यस्तो होला भनेर कस्ले सोचेको थियो होला र ? जे नहुनु थियो। त्यही भई दियो पोर्तुगलमा नै रहेका पौडेलका दाजु दुर्गा पौडेलले नेपालीनेपाली डटकम लाई भने,” ज्वरो बढे पछि भाईलाई साउ जोजे अस्पतालमा भर्ना गरियो,निमोनिया देखिए पछि अर्को कापुस अस्पतालमा रिफर गर्दियो। फेरि केहि दिन पछि मुटुमा ईन्ड़ो कार्डीटिस देखियो, फेरि मुटु रोगका लागि बिशेष अस्पताल शान्ता मार्तामा भाईको ट्रासफर भयो।”

उपाचार कै क्रममा टाउकोमा रगतको सर्कुलेसन बन्द भए पछि पुन: साउ जोजे अस्पतालमा लगी टाउकोको लामो अप्रेशन गरेको मृतकका दाजु दुर्गा बताउँछन्। घटना बारे जानकारी दिदै उनले थपे,” भेन्टिलेटरमा झन्डै २ हप्ता सीसीयु कक्षमा उपाचार भयो, घाँटीमा प्वाल पारेर स्वासप्रस्वास दिदै ३ रात जति आईसीयुमा राखियो र पुन: शान्ता मार्ता अस्पतालमा सारियो तर भाईको स्वास्थ्यमा सुधार आएन।”

अन्तत: जनबरी ६ तारिक अस्पताल पुगेका पौडलको फ्रेबअरी ७ तारिक, एक महिनाको उपचार पछि पौडेलको मृत्यु भएको उनि बताउँछन्।मृत्यु घोषणा पछि पौडेलको शबलाई साँओ जोसे अस्पतालमा (मार्तिम-मोनिज) सारिएको थियो।

पौडेलको निधनले पोर्तुगल शोकमा

अल्पआयुमा नै ज्यान गुमाएका पौडेको निधनले पोर्तुगलबासी नेपालीहरु शोकमा डुबेका छन्। समाजसेबी एबम पोर्तुगलका सफल ब्यबसायी पूर्ण हमालले भने,” आफ्नै गाउँले आँफ्नन्त भाईको निधनले सबैलाई दुखी बनाएको छ। दैबको लिला टरेन,भाईको आत्माले शान्ती पाओस्।’

पौडेलका दाजु दुर्गा भन्छन्।” भाई लामो समयसम्म सँगै बस्यो, सम्झनाका पलहरु धेरै छन् , गाउँमा पनि सँगै हुर्कियौ। हाम्रा बाबाहरु दाजुभाई थिए, तर हामी त त्यो भन्दा पनि नजिक भएर हुर्कियौ। भाईलाई गुमाउँदा आज गहिरो चोट र पीडामा छु।”

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष भीम केसी कमलले,असामयिक निधनको खबरले स्तब्ध र मर्माहत भएको जनाएका छन्। केसीले सामाजिक संजाल मार्फत बिज्ञप्ति जारी गर्दै घटना बारे जानकारी दिदै दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली ब्यक्त गरेका छन्।

पौडेलकी श्रीमती तथा आँफन्तहरु पनि यतै रहेकाले बुधबार पोर्तुगलमा नै अन्तेष्टि गरिदै छ।