जनसम्पर्क समिति स्पेन द्वारा, कोईरालाको निधन प्रति शोक ब्यक्त


बार्सिलोना । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनप्रति नेपाली जनसम्पर्क समिति स्पेनले शोक व्यक्त गरेको छ । कोइरालाको निधनबाट काँग्रेस तथा मुलूकले नै आफ्नो अविभावक गुमाएको अध्यक्ष शालिक राम डुम्रेले जनाएका छन् ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष  डुम्रेले नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमीका खेलेका सुशील कोइरालाको निधनले मुलुकले अपुरणीय क्षति ब्यहोरेको बिज्ञप्तिमा उल्लेख गरेका छन्।

अध्यक्ष डुम्रेले भनेका छन् ,”कोईरालाको निधनले पार्टी र देशलाई अपूर्णनिय क्षति भएको छ ।देशले एक योद्धा र अभिभावक गुमाएको छ । शोकको घडीमा सम्पूर्ण कांगेसजनलाई धैर्य धारण गर्ने क्षमता मिलोस् ,पार्टी सभापति कोईरालाको आत्माले शान्ति पाओस् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”