यी हुन् नेहाका हत्यारा,यौन सम्पर्क गर्न नपाउँदा हेल्मेटले हिर्काएर मारेको बयान


पोखरा/ नायिका नेहा (योरुना) पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरीका अनुसार पोखरा न्युरोडका सतिश भनिने किर्तन खड्गी, नेहा हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार गरिसकेका छन् । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानमा खुलाएको छ ।

सतीशले नेहालाई न्यूरोडस्थित ओपन टेबल रेस्टुरेण्टमा नेहालाई बोलाएका थिए। उनि काम सकेर त्यहाँ पुगेकी थिईन्। सतीशका साथी हङकङ जानुअघि ओपन टेबल रेस्टुरेण्टमा भएको पार्टी मदिरा सहित राति नौ बजेसम्म चल्यो । साथीहरु खाए पिएर घरतिर लागेपछि सतीशले नेहालाई मोटरसाइकलमा राखी घर छाडिदिन निस्किए । सोमबार साथीहरु खाए पिएर घरतिर लागेपछि किर्तनले नेहालाई मोटरसाइकलमा राखी घर छाडिदिन निस्किए ।

करिब पाँच किलोमिटर कटेपछि नेहाको घर नपुग्दै सतीशले मोटरसाइकल रोके । मदिराले मातिएका उनले नेहालाई घर नगई लेकसाइडतिर घुमौँ र त्यतै होटलमा बसेर सँगै रमाइलो गर्ने प्रस्ताव राखे । जसलाई उनले अस्वीकार गरिन् ।

सतीशले दवाव दिन थालेपछि आक्रोशित नेहाले अश्लील गाली गर्दै प्रतिवाद गरिन् । आफूलाई गाली गरेकोमा सतीशले रिस थाम्न सकेनन र सामुन्ने रहेकी नेहालाई हेलमेटले टाउको पछाडि र अगाडि हाने ।

चोट सहन नसकेर नेहा ढलिन् । मदिरा र काम बासनाले होस गुमाएका सतीशको शारीरिक सम्पर्क गर्ने मनासाय कोशिस गरे । अचेत भएर पल्टिएकी नेहाको पाइन्ट खोलेर यौन सम्पर्क गर्न खोजे । तर नेहाको कान र नाकबाट रगत बगेको र बोलाउँदा पनि हलचल नगरेपछि किर्तन डराएर घरतिर फर्किए ।

अभियुक्त किर्तन खड्गी (सतिश)
अभियुक्त किर्तन खड्गी (सतिश)

नेहाको शव उनकै घरभन्दा ३  सय मिटर पर फालिएको थियो । विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थल पुगेका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।

नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन । मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् ।

 हत्याका अभियुक्त भनिएका सतीश खड्गी बायाँ (तस्वीर) र नेहा  फेसबुक फाेटाे
हत्याका अभियुक्त भनिएका सतीश खड्गी बायाँ (तस्वीर) र नेहा फेसबुक फाेटाे

पुन हत्या छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटिएको थियो । टोलीमा प्रहरी निरीक्षकद्वय देवी पौडेल, गंगा थापा, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षकद्वय युवराज कार्की र भद्रकृष्ण पौडेल छन् ।

नेहाले जन्मदिनको शुभकामाना दिएकि थिईन् ,
नेहाले जन्मदिनको शुभकामाना दिएकि थिईन् ,

 

यस्तो छ प्रहरीको बिबरण
मिति २०७२।१०।१९ गते बिहान अं ०६:४० बजे जिल्ला कास्की पोखरा उ.म.न.पा.बडा नं १५ नयागाँउ स्थित सडक किनाराको खालि जग्गामा अपरिचित युवतिको शंकास्पद अवस्थामा लास रहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.कास्की बाट प्र.ना.उ.गजुसिद्धि बज्राचार्यको नेतृत्वमा अनुसन्धान टोली तत्कालै घटनास्थलमा पुगी अनुसन्धान प्रारम्भ गरेको, निज मृतक जिल्ला कास्की पोखरा उ.म.न.पा.बडा नं. १५ नयाँगाउ बस्ने स्माईल क्याफे न्यूरोडमा Receptionist को रुपमा काम गर्ने बर्ष १८ कि नेहा भन्ने योरुना पुन भएको । निजको लास आफ्नो घरबाट अं ३०० मिटर पुर्व पट्टी फेला परेको, निज मृतकको टाउकोमा Blunt Force Injury रहेको र निजको मृत्यूको कारण सोही चोट भएको भन्ने पोष्ट मार्टम रिपोर्टबाट खुल्न आएको ।

यस जि.प्र.का.कास्कीमा कार्यरत प्र.ना.उ.गजु सिद्धि बज्राचार्यको नेतृत्वमा क्षे.प्र.का.पोखरा, अं.प्र.का.गण्डकी,अ.स.प्र.गुल्म गण्डकी, बडा प्रहरी कार्यालय रामबजार समेतबाट प्रतिनिधित्व हुने गरि उक्त घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरी सुक्ष्म रुपमा गभ्भिरताका साथ अनुसन्धान गर्दा नेहा भन्ने योरुना पुनलाई कर्तव्य गरी हत्या गर्ने अभियुक्त सतिश भन्ने कृतन खड्गी भएको भन्ने खुल्न आएको र हाल निज प्रहरी हिरासतमा रहेको ।

प्रारम्भिक सोघपुछको क्रममा निज सतिश भन्ने कृतन खड्गीले मिति २०७२।१०।१८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित Open Table Restaurant मा बसी मादक पदार्थ सेवन गरेको , उक्त Restaurant बाट राती अं. ०९:०० बजेतिर कृतन खड्गीले योरुना पुनलाई घर पु-याउनको लागी आफ्नो मो.सा.को पछाडी राखी नयाँगाउ तर्फ गएको, घटनास्थल नजिक पुगेपछी कृतन खड्गीले योरुना पुनलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र त्यतै तिरको होटलमा संगै बसी रमाईलो गरौ भन्ने

प्रस्ताव राखेकोमा योरुनाले अस्विकार गरेको, त्यही कुरामा कृतनले दवाब दिदा योरुना पुनले कृतनलाई अश्चिल शब्द प्रयोग गरी गाली-गलौज गरेकोमा रिस उठी थाम्न नसकी कृतनले हेलमेटले योरुनाको टाउकोमा प्रहार गरेको, सो प्रहारले योरुना ढलेको र त्यसपछी निजसंग शारिरिक सम्पर्क राख्न खोज्दा निजको नाक र कानबाट रगत बगेको देखेपछि डराएर घर तर्फ गएको भन्ने बयान दिएको ।
मृतकको नाम :- नेहा भन्ने (योरुना पुन )
उमेर :- १८ बर्ष
ठेगाना :- जिल्ला कास्की पोखरा उमनपा. बडा नं १५ नयाँगाउ
पेशा :- Smile Café मा Receptionist
पक्राउ अभियुक्त:
नाम :- सतिश भनिने  (कृतन खड्गी)
उमेर :- २१ बर्ष
ठेगाना :- पोखरा ९ नयाबजार
पेशा :- गेम हाउस संचालक

भिडियो हेर्नुहोस्।

जिल्ला प्रहरी कास्कीमा भएको पत्रकार सम्मेलनका झलकहरु :-

12654410_10207253835617310_3558954413326217193_n 12669682_10207253837457356_6828939200804729336_n 12717337_10207254125744563_4910977851233367545_n

 यी हुन् हत्याराका थप तस्बिरहरु :-अभियुक्तकै फेसबुकबाट साभार 

11990586_898402253579985_6460182856413489324_n11231204_892507024169508_7991485602034721910_n11667294_867541426666068_3142431159872152718_n11401549_853216994765178_3329447852135119622_n1560619_851160264970851_5501643591039158189_n10411096_814480618638816_6788871344650301782_n14218_807457202674491_3042806318424682931_n10599642_793257800761098_4302530279160164543_n10430379_784174828336062_3592487742782198083_n10846105_743151369105075_520680164188532106_n10624632_741337725953106_8172624839920189849_n1800300_737637662989779_172796571321634415_n

तपाईको प्रतिक्रिया