नेहा पुनका हत्यारा यी हुन् भिडियो हेर्नुहोस् !


पोखरा/ नायिका नेहा (योरुना) पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरीका अनुसार पोखरा न्युरोडका सतिश भनिने किर्तन खड्गी, नेहा हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार गरिसकेका छन् । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानमा खुलाएको छ ।

सतीशले नेहालाई न्यूरोडस्थित ओपन टेबल रेस्टुरेण्टमा नेहालाई बोलाएका थिए। उनि काम सकेर त्यहाँ पुगेकी थिईन्। सतीशका साथी हङकङ जानुअघि ओपन टेबल रेस्टुरेण्टमा भएको पार्टी मदिरा सहित राति नौ बजेसम्म चल्यो । साथीहरु खाए पिएर घरतिर लागेपछि सतीशले नेहालाई मोटरसाइकलमा राखी घर छाडिदिन निस्किए । सोमबार साथीहरु खाए पिएर घरतिर लागेपछि किर्तनले नेहालाई मोटरसाइकलमा राखी घर छाडिदिन निस्किए ।

करिब पाँच किलोमिटर कटेपछि नेहाको घर नपुग्दै सतीशले मोटरसाइकल रोके । मदिराले मातिएका उनले नेहालाई घर नगई लेकसाइडतिर घुमौँ र त्यतै होटलमा बसेर सँगै रमाइलो गर्ने प्रस्ताव राखे । जसलाई उनले अस्वीकार गरिन् ।

सतीशले दवाव दिन थालेपछि आक्रोशित नेहाले अश्लील गाली गर्दै प्रतिवाद गरिन् । आफूलाई गाली गरेकोमा सतीशले रिस थाम्न सकेनन र सामुन्ने रहेकी नेहालाई हेलमेटले टाउको पछाडि र अगाडि हाने ।

चोट सहन नसकेर नेहा ढलिन् । मदिरा र काम बासनाले होस गुमाएका सतीशको शारीरिक सम्पर्क गर्ने मनासाय कोशिस गरे । अचेत भएर पल्टिएकी नेहाको पाइन्ट खोलेर यौन सम्पर्क गर्न खोजे । तर नेहाको कान र नाकबाट रगत बगेको र बोलाउँदा पनि हलचल नगरेपछि किर्तन डराएर घरतिर फर्किए ।

नेहाको शव उनकै घरभन्दा ३  सय मिटर पर फालिएको थियो । विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थल पुगेका थिए । पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो ।

नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन । मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा कार्यरत थिईन् ।प्रहरीले पत्रकारसम्मेलन मार्फत अभियुक्तलाई सार्बजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा पत्रकार सम्मेलन चलीरहँदा आक्रोशित सर्बसाधारणले हत्यारालाई फाँसी दे भन्दै नारबाजी गरेका थिए।

भिडियो हेर्नुहोस्।

भिडियो साभार:- समाचार पाटी