लन्डनमा प्रथम शहीद लखन थापाको सम्झना


लण्डन/ नेपालका प्रथम शहिद लखन थापा मगरको १३९ औं स्मृति दिवस बेलायतको लागि नेपाली राजदुतावास लन्डनमा भब्य रुपले सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, युकेको आयोजना र मगर संघ युकेको प्रायोजनमा सम्पन्न भएको हो । शुरुमा मगर संघ युकेले र त्यसपछि नेपाल आदिवासी जनजाति महासंघ युकेले अन्यत्र मनाउँदै आएकोमा यस वर्षदेखि दूतावासमा मनाइएको हो ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ युके, नेपाली आदिवासी जनजाति महासंघ युके, नेपाली आदिवासी जनजाति महिला महासंघ युके, बेलायतस्थित सम्पूर्ण जातीय संगठनहरु, राजनीतिक पार्टीहरु, नागरिक समाज, साहित्यकार, गीतकार, संगीतकार, पत्रकारहरु लगायत बुद्धिजीवीहरुको बाख्लो उपस्थिति थियो ।

बेलायत स्थित नेपाली कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीलाई ज्ञापन पत्र पनि बुझाइयो । मगर संघ युकेका अध्यक्ष दुत पुन मगर (चिम्खोले काईला) र महासचिब बोम थापा सूर्यवंशी मगरको हस्ताक्षर भएको सो ज्ञापान पत्रमा  राणा साशनको बिरुद्धमा पहिलो पटककदम चलाउदा मृतुदण्ड दिएका नेपालका प्रथम शहिद लखन थापा मगर, शहिदहरु जयसिंग चुमी मगर, सुपती गुरुङ,शहिदहरु, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल, दशरथ चन्द, दस बर्षे जनयुद्धमा प्रजातन्त्रका लागी ज्यान गुमाउने  शहिदहरु,  मधेश आन्दोलनहरुका शहिदहरुको संझनामा हरेक साल फाल्गुनको पहिलो हप्ता सनिवारको दिन शहिद स्मृति दिवस राखी राज्य पक्षबाट सम्पूर्ण शहिदहरुको सम्मान गरियोस भनि यो ज्ञापन पत्र बुझाईएको हो।

12696851_10153831190571390_1976478734_oगैर आवाशीय नेपाली संघ युके, आदिवासी जनजाति महासंघ युके, नेपाल पत्रकार महासंघ युके र आदिवासी जनजाति पत्रकार महासंघ युकेलाई बोधार्थ गरिएको छ । त्यस्तै गरि सोहि कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ युकेले पनि म्याग्दी चिमखोला घर भै हाल पोखरा बस्दै आउनु भएको नेहा पुनलाई बलात्कार गरि हत्त्या गर्ने हत्त्यारालाई कानुनि कट्घरामा ल्याउनको लागि दबाबमूलक ज्ञापन पत्र बुझाएको छ ।

उक्त कार्यक्रममा नेपालका प्रथम शहिद लखन थापा मगरको बारेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले बिशेष अनुसन्धानमुलक बक्तब्य दिएका थिय भने गैर आवाशीय नेपाली संघ युके, नेपाली आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, बेलायतस्थित सम्पूर्ण जातीय संगठनहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरु, नागरिक समाज, साहित्यकार, गीतकार, संगीतकार, पत्रकार तथा बुद्धिजीवीहरुले नेपालका प्रथम सहिद लखन थापाको बारेमा दरिलो बक्तब्य दिनुका साथै कबिता वाचन र गीत पनि गाएका थिए ।
– चिम्खोले काईलाबाट