सागमा दोश्रो दिन नेपालले थप्यो ६ पदक


सन्देश श्रेष्ठ, सिलोङ्ग,

भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिन नेपालले ६ पदक जितेको छ । नेपालले आइतबार २ रजत र ४ कास्य जितेको हो । आइतबार नेपालले उससु तर्फको थाउलोमा २ रजत, भारत्तोलन, कुस्ती, स्विमिङ्ग, र टेबलटेनिसमा १÷१ कश्य जित्दै नेपालको पदक संख्या ९ पु¥याएको हो ।

तेश्रोदिनसम्मको खेल सकिदा भारत, २७ स्वर्ण, १२ रजत र ३ काश्यसहित कुल ४२ पदकसहित पदक तालिकाको अग्र स्थानमा कायमै छ । श्रीलंका ८ स्वर्ण, १७ रजत र १२ काश्यसहित३७ पदकसहित दोश्रो, पाकिस्तान २ स्वर्ण, ४ रजत र ७ काश्य गरी कुल १३ पदकसहित अंक तालिकाको तेश्रो, बंगलादेश २ स्वर्ण, २ रजत र १३ काश्यस गरी कुल १७ पदकसहित चौथो स्थानमा छ ।

त्यस्तै, नेपाल ३ रजत र ६ काश्यस गरी कुल ९ पदकसहित अंक तालिकाको पाचौं र अफ्गानिस्तान १ रजत र ३ काश्यगरी कुल ४ पदकसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ । मालदिभ्स र भुटानले अझैसम्म पनि खाता खोल्न सकेका छैनन् । तेश्रो दिन नेपाललाई दुई रजत नेपालले आज दोश्रो दिन उसुतर्फको थाउलोमा २ काश्य पदक जितेको छ ।

सिलोङ्गमा भएको खेलमा सुस्मिता तामाङ्ग र बिजय सिञ्जालीले रजत पदक जितेका हुन् । रजत पदक बिजेता सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै पदक जितेकी थिईन् । सो स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले काश्य पदक जित्यो । ऋर्को खेलमा बिजयले ८ दशमलव ८० अ.क प्राप्त गर्दै रजत पदक जिते । सो स्पर्धामा भारतले स्वर्ण पदक जित्यो भने पाकिस्तानले काश्य पदक जित्यो ।

इी दुबै स्पर्धामा नेपालले स्वर्णको आशा गरेको थियो । ज्ुनुमाया, गौरीका र रामबहादुरले जिते काश्य नेपालले आइतबार ४ काश्य पदक जितेको छ । आइतबार स्विमिङ्ग, कुस्ती, भारत्तोलन र टेबलटेनिसमा नेपालले एक÷एक काश्यपदक जितेको हो । नेपालकी जुनुमाया छन्त्यालले भारत्तोलनतर्फ ६३ केजी तौल सम”हमा काश्य पदक जितेकी हुन् । उनले स्न्याच तपर्ः ५५ केजी र क्लिन एण्ड जर्क तर्फ ७५ केजी गरी कुल १३० केजी उठाउँदै काश्यपदक जितेकी हुन् । सो स्पर्धामा बंगलादेशले स्वर्ण र श्रीलंकाले रजत पदक जित्यो ।

त्यस्तै, कुस्तीमा रामबहादुर यादवले काश्य पदक जिते । प्mाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग भएको प्रतिष्पर्धामा पराजित उनले काश्य पदक हात पारे । ीस्वमिङ्गमा नेपालकी गौरीका सिंहले काश्य पदक जितिन् । एनले २ सय मिटर व्याक स्ट्रोकमा ऐतिहासिक पदक दिलाएकी हुन् । उनले २ मिनेट २६ दशमलव ९३ सेकेण्डमा दुरी पार गर्दै राष्ट्रिय किर्तिमान समेत बनाइन् । सो स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले रजत पदक जित्यो । टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले काश्य पदक जित्यो । सेमी फाइनलमा श्रीलंकाका खेलाडीसँग पराजित भएपनि नेपालले काश्य पदक जितेको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो ।

नवयुगको ह्याट्रिकमा पुरक्ष फुटवलमा पनि नेपालको सुखद शुरुवात, नेपालद्वारा भुटान ५÷ले पराजित सन्देश श्रेष्ठ भारत, सिलोङ्ग, २४ माघ भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपालले पुरुष फुटवलमा पनि सुखद सुरुवात गरकेो छ । आज भएको खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्धतमा नेपालले भुटानलाई ५÷० को फराकिलो अन्तरले हराउँदै बिजयी सुरुवात गरेको हो ।

नेपालका लागि नवयुग श्रेष्ठ ले ह्याट्रिक गरे । उनले ३६, ७६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । यसअघी उनले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा समेत ह्याट्रिक गरेका थिए ।