पूर्व राष्ट्रपति रामवरण यादव नयाँ दिल्लीमा


अर्जुन खनाल/ नयाँ दिल्ली

केही समयको दिल्ली भ्रमणमा रहेका नेपालका पुर्व राष्ट्रपति डा. रामवरण यादवले भारतीय पुर्व प्रधानमन्त्री स्वर्गीय चन्द्रशेखरको सम्झनामा दिल्लिको आईटीओमा रहेको चन्द्रशेखर भवनमा रहेको उनको फोटोमा सनिवार माल्यार्पण गरेका छन ।कुनै राजनीतिक भ्रमण नभई भेटघाटको सिलसिलामा यादव त्यहा पुगेको जानकारी गराएका थिए ।

युवा भारती ट्रष्टले आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय , विभिन्न भारतीय राजनैतिक दलका ब्याक्ती , पत्रकार , वकिल ,समाजसेवी , आदिको उपस्थित रहेको थियो ।उक्त कार्यक्रममा चन्द्रशेखरको सम्झना गर्दै उनले नेपाली राजनितीमा गरेको सहयोग कहिले पनि भुल्न नसकिने कुरा उपाध्यायले बताउनु भएको थियो ।

को थिए त चन्द्रशेखर ?

भारतको उत्तरप्रदेश,बलिया जिल्लाको ईब्राहिमपुर गाउमा १ जुलाई १९२७मा कृषक परिवारमा जन्मिएका पूरा नाम चन्द्रशेखर सिंह बिद्यार्थी जिवनमै राजनीतिमा रुचि थियो ।उनले १९५० देखि १९५१ मा राजनीति बिज्ञानमा स्नातकोत्तर ईलाहाबाद बिश्वविध्यालयबाट प्राप्त गरेका थिए भने उनि भारतको आठौं प्रधानमन्त्री (१० नोवेम्बर १९९० देखि २१ जुन १९९१ ) करिब सत महिनाको लागि भएका थिए ।उनले १९५५ मा योग्य सांसदको प्रथम पुरस्कार प्राप्त गरेका थिए। सभारतीय कांग्रेस र समाजबादी दलमा लागेका उनी प्लाज्मा क्यान्सरको कारण दिल्लीको अपोलो अस्पतालमा ८ जुलाई २००७ मा मृत्यु भएको थियो ।