कांग्रेस क्षेत्रीय अधिवेशन:- कास्कीमा को-को बने बिजयी ?(मत परिमाण सहित)


पोखरा/ कांग्रेस महाधिवेश अन्तर्गत कास्कीका ३ क्षेत्रमा शुक्रबार महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समिति निर्वाचन सम्पन्न भएको छ । क्षेत्र नं ४ मा भने सभापतिकै उम्मेदवारले मतपत्र च्यातेपछि निर्वाचन स्थगित भयो । ५० वटा गनिसक्दा आफ्नो पक्षमा १३ र प्रतिस्पर्धी पोषनाथ शर्माको पक्षमा ३७ मत आएपछि मनोज गुरुङले मतपत्र च्यातेपछि क्षेत्र नं ४ को निर्वाचन स्थगित भएको हो ।

क्षेत्र नं ४ मा शनिबार फेरि निर्वाचन गरी क्षेत्रीय समिति चयन गरिने भएको जिल्ला निर्वाचन समिति अध्यक्ष शिरोमणि लामिछानेले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरुको निर्वाचित भने सदर भएको छ । महाधिवेश प्रतिनिधिको निर्वाचनमा कास्कीमा मुख्यमुख्य नेताहरु सबैजसोले जितेका छन् । तारानाथ रानाभाट , शुक्रराज शर्मा, महादेव गुरुङ, यज्ञबहादुर थापा, शोभियतबहादुर अधिकारी, देवराज चालिसे र कृष्ण केसी महाधिवेशन प्रतिनिधि बनेका छन् ।

पुराना नेता खेमराज पौडेल पराजित भएका छन् । पूर्वसांसद कृष्णकुमारी परियारले भने क्षेत्र नं २ मा दलित कोटाबाट समेत महाधिवेशन प्रतिनिधि जितिनन् । सांसद शारदा पौडेलले क्षेत्र नं २ बाटै महिलातर्फको कोटामा प्रतिस्पर्धा गरेर जितेकी छन् ।

क्षेत्र नं १ मा संस्थापन पक्षका उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेर देउवा र पौडेल पक्षको समर्थनप्राप्त बिर्जमान गुरुङ सभापति निर्वाचित भएका छन् । क्षेत्र नं २ मा थोरै मतान्तरले उछिनेर संस्थापन पक्षका मधु बास्तोला सभापति भए भने क्षेत्र नं ३ मा सभापति निर्वाचित विजय आचार्यलाई नेता देवराज चालिसेको साथ थियो । बास्तोलालाई शुक्रबार शर्माले च्यापेका थिए भने उनका प्रतिस्पर्धी पुष्पेन्द्र पाण्डेलाई सांसद शारदा पौडेलको समर्थन थियो ।

कास्कीमा कांग्रेसको क्षेत्रीय अधिवेशनको निर्वाचन परिणाम

क्षेत्र नं १
सभापति
बिर्जमान गुरुङ (११८ विजयी), प्रकाशमोहन खनाल (११४) र कमलनाथ कुँवर (१५)

सचिव
प्रेमकुमार श्रेष्ठ

कोषाध्यक्ष
शान्तिकुमारी खनाल

सदस्य
अम्बिका आचार्य
किरण थापा
जानकीदत्त अधिकारी
विनोदप्रसाद लामिछाने
विमलबाबु न्यौपाने
लक्षमण थापा
शरदबाबु सुवेदी
शोभामोहन पौडेल
सुरजजंग राणा

महाधिवेशन प्रतिनिधि
खुलातर्फ
कृष्ण केसी (१८४)
यज्ञबहादुर थापा (१७३)
तारानाथ रानाभाट (१४८)
सुदीपमोहन भट्टराई (१३५)
तिलक रानाभाट (९९)
गिरिराज गौतम (९६)

महिलातर्फ
चन्द्रावती पौडेल (१४९)
कोपिला रानाभाट (१०६)

पिछडा वर्गतर्फ
खलिल मिया (१३९)

दलिततर्फ
कुमार सुनार विक (१२४)

आदिवासी जनजातितर्फ
बुद्धिमान गुरुङ १२५

क्षेत्र नं. २
सभापति
माधव बास्तोला ‘मधु’ (६५ विजयी), पुष्पेन्द्र पाण्डे (५९)
सचिव कृष्ण कोइराला (७८ विजयी), रामचन्द्र पोखरेल (३४)
कोषाध्यक्ष महेन्द्र अधिकारी (७८ विजयी) तीर्थकुमारी गुरुङ (३२)

सदस्य क्या.फत्ते बहादुर गुरुङ
गंगाबहादुर गुरुङ
तारा बराल
दीपकप्रकाश आचार्य
बल्लभबहादुर केसी
वर्षाकेशव पराजुली
महेन्द्र पुन
मायादेवी तफ्या र
ज्ञानबहादुर कार्की

महाधिवेशन प्रतिनिधि
बाबुराम आचार्य (७५)
ऋषिराम काफ्ले (७३)
किशोरदत्त बराल (५७)
गुरुप्रसाद बराल (५१)
कृष्ण कार्की (४९) र
पदमसिंह गुरुङ (४६ )

महिलातर्फबाट (२ जना)
शारादा पौडेल (७३) र
खिमकुमारी बरालले (५१)

दलिततर्फ
पर्शुराम बी. पोखरेल (४२)
आदिवासी जनजातिर्फ
डम्बरजंग गुरुङ
अल्पसंख्यकतर्फ
राधाकृष्ण गुरुङ
………….
क्षेत्र नं. ३
सभापति विजयराज आचार्य (६०), पुण्डरी बरालले (४१)
सचिव दीपेन्द्र मर्सानी
कोषाध्यक्ष
तोयबहादुर भट्टराई

सदस्य
चन्द्रबहादुर पुन
दीपेन्द्रराज आचार्य
धु्रव रायमाझी
बिलबहादुर गुरुङ
मुना बास्तोला
रणबहादुर कार्की
रामबहादुर पुन
लक्ष्मीदेवी कार्की र
शंकरप्रसाद बास्तोला

महाधिवेशन प्रतिनिधि खुलातर्फ
देवराज चालिसे (७६)
नरेशशंखर पालिखे (५८)
रामजी कुँवर (५४)
रामचन्द्र पोखरेल (५२)
शोभियतबहादुर अधिकारी (५१) र
केशर निर्दोषी (५१)

जनजातितर्फबाट
वीरेन्द्रनारायण बिजुक्छे (सर्वसम्मत)

महिलातर्फ
वृन्दादेवी आलेराना (५५ )र सकुन्तला कोइराला (४४ )

अल्पसंख्यकतर्फबाट
हारुन खाँ पैठान (निर्विरोध)
…………..
क्षेत्र नं. ४
महाधिवेशन प्रतिनिधि
शुक्रराज शर्मा (१३७)
महादेव गुरुङ (१२७)
देवेन्द्रकुमार शेरचन (११८)
रामचन्द्र त्रिपाठी (११४)
दीपक गुरुङ (११३) र
आइबहादुर गुरुङ (१०५)

जनजातितर्फ
राजबहादुर गुरुङ (१३२)

दलिततर्फ
मनबहादुर विक (११३)

साभार- समाधान दैनिकबाट