खेल मैदान बनाउन कस्सिए वागलुङ तित्यांग बासी युवाहरु


प्रकाश ढकाल ।

कोपनहेगन । गाउँको स्थानीय विकासको लागि संधै सरकारको मुख ताक्नु पर्छ भन्ने भनाईलाइ गलत मान्दै वागलुङ्का तित्यांग गा. वि. स. का युवाहरु गाउँमा गतिलो खेल मैदान बनाउन लागि परेका छन् । वागलुङ नगरपालिका संग झोलुङ्गे पुलले जोडिएको यो गा. वि. स. मा स्तरिय खेल मैदानको अभावमा युवाहरु विविध खेलकुदहरु खेल्ने चाहना हुँदा हुँदै पनि खेल्न नपाएको अवस्था हाल रहेको छ । अब चांडै नै त्यहाँका युवाहरुको खेल्ने चाहना पुरा हुने देखिएको छ ।

यो अभियानमा उक्त गाउँबाट रोजगारीको लागि विदेश गएका युवाहरुको विशेष सक्रियता देखाई रहेका छन् । उनीहरुको सक्रियतामा हाल करीब पच्चीस लाख रुपैयाँ जम्मा भै सकेको पनि छ । युवाहरुको सक्रियता पश्चात वयस्क र बृद्धहरुले पनि साथ् दिने भन्दै पुरा सहयोग गर्ने बताएका छन् ।

“बिकासको लागि युवा र युवाको लागि खेलकुद “ यही भनाइलाई अत्मसाथ गर्दै खेल मैदान बनाउन भनेर रोजगारीका निम्ती आफ्नो जन्मभुमी र परिवारलाई छोडेर बिदेशिएकाहरुले दु:खजिलो गरेरै भएपनी रकम गाउँ र गाउँको खेलकुदको बिकासका लागि भनेर रकम जम्मा गरेका हुन् ।

बाग्लुङ जिल्लाको सदरमुकाम वागलुङ् नगरपालिका र वागलुङ बजार सँगै झोलुङे पूलले जोडीयको गा बि स हुँदा हुँदै पनि भौतिक बिकास तथा खेलकुदको बिकासका निम्ती जिल्ला तहबाट अपेक्षा गरेजस्तो सहयोग भएको छैन । बिगत सात आठ बर्ष पहिले  देखी खेलकुद मैदान निर्माण गर्ने हेतुले तित्याङ गा बि स ७ मा अवस्थित आलेखर्क खेलमैदानलाई बिस्तार गर्ने सोच सहित निर्माण कार्य सुरु गरियता पनि रकम अभावका कारण सम्पन्न गर्न सकिएको थिएन ।

त्यही सोच र अधुरो कार्यलाई पुरा गर्नका निम्ति त्यहाँका युवाहरु जोश र जागरका साथ् एकजुट भएर जुर्मुराएका छन । एक थुकी सुकी हजार थुकी नदी भनेझै एक जनाको सोच र बिचारले मात्र यो कार्य सफल नहुने कुरा त्यहाँका युवाहरुले आत्मसात गरेको पाइन्छ । युवाहरु अगाडी बढिसकेकोले अब खेल मैदान बन्ने आशामा त्यहाँका बासिन्दा आशावादी देखिएका छन् । तर यो योजना पुरा गर्नु सजिलो भने छैन । आलेखार्कमा हाल रहेको सानो  मैदानलाई सम्माउनु साथै मैदानसंगै जोडिएको भिरालो जमीनको भित्तो फोरेर मैदानको तहमा ल्याउनु कम्ती चुनौती छैन तर पनि युवाहरु कस्सिएपछि बन्नेमा धेरै आशावादी बन्न सकिन्छ । हाल उक्त मैदानमा भलिवल खेल मात्र खेल्न मिल्छ । करिब १  करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको यो अभियानमा बिदेशमा रहनु हुने खेलप्रेमी तथा समाजसेवी दाजु भाईबाट रकम सन्कलन कार्य तिब्र रुपमा अगाडि बढीरहेको छ।

Screen Shot 2016-02-06 at 08.16.09
                                            विस्तार गरिन लागिएको मैदान ।

हालसम्म कारीब २५  लाख संकलन भैसकेको र सहयोगी हातहरु र अश्वासन दिने साथी भाईहरु को हौसलाले कारण पनि यो अभियान सफल हुने कुरामा सम्पूर्ण दुई मत नभएको डेनमार्कमा रहेका कृष्ण के. सी. ले बताए ।

बिदेशमा बसेर आफ्नो व्यक्तीगत स्वार्थ त्यागेर आफ्नो गाउ र समाजको लागि केही गर्नु पर्छ भन्ने भावनाका साथ अगाडि बढेका युवाहरुको यो अभियान दुबइ, कतार, मलेसिया,साउदी अरब जस्ता देशहरुमा मात्र न भइ अष्ट्रेलिया जापान कोरिया, यूरोपका देशहरु र भारतीय सेनामा जागिर खाने युवाहरुको समेत शाहभागीता रहेको छ । बिभिन्न सरकारी संस्था,गा. वि. स. जि.वि. स. नगरपालिका साथै बिदेशी दाता एवम संघ संस्थाको सहयोगको अपेक्षा  समेत गरिएको छ। स्थानिय स्तरका साथै बिदेशमा रहने उक्त गा. वि. स. का नेपालीहरुको सहयोग एवम सहकार्यबाट मात्र यो कार्य सफल हुने देखिएको छ । केही रकम स्वदेशबाट पनि सन्कलन हुनेमा यस अभियानमा संलग्न युवाहरु आशावादी देखिएका छन् । उक्त गा. वि. स. का विश्वमा धेरै मुलुकमा छरिएर रहेका युवाहरुलाई सामाजिक संजाल फेसबुकले जोड्न धेरै मद्धत गरेकोले यहि संजाललाई अर्थ संकलनको लागि उनीहरुले प्रयोग गरेका छन् जुन निकै उपयोगी देखिएको छ ।

कामको सिलसिलामा हाल कतारमा रहनु भयका सन्तोष थापा संयोजक रहेको अर्थिक सन्कलन अभियानमा अष्ट्रेलियाबाट सुमन खड्का र युरोप बाट कृष्ण के. सी. लगायतले सक्दो सहयोग गरिरहेका छन्। यस अभियान सफल रहनेमा आँफु ढुक्क रहेको आर्थिक संकलन संयोजक थापाले बताए । थापा आँफैले यस अभियानमा तीन लाख पचास हजार रुपैंया सहयोग गरेर अभियानको शुरुवात गरेका थिए । जुन सबैको लागि हौशला बनेको छ ।

नेपालमा यो अभियानलाई सफल बनाउनको एउटा समिति नै बनेको छ । युवा तथा खेलकुद विकास समिती तित्याङ वागलुङको मुल समितीमा श्री चन्डी प्रसाद शर्मा अध्यक्ष रहेका छन् भने त्यस्तै खेल मैदान निर्माण समितीको अध्यक्ष श्री खिम बहादुर थापा रहेका छन् । यो निर्माण समितिमा अध्यक्ष तथा जमुना श्रीशको नाममा संयुक्त बैंक खाता खोली नेपालमा पनि रकम संकलन कार्य तिब्र रुपमा अगाडि बढिरहेको ।

तित्यांग बासी युवाहरुले शुरुवात गरेको यो अभियान निकै सराहनीय रहेको छ र गाउँको स्थानीय विकासमा विदेशिएका युवाहरुको अभियानले सम्पुर्ण गाउँबासीहरुलाई योगदान पुग्ने देखिन्छ ।

हाल सम्म यो अभियानमा सहयोग गर्नेहरुको नामावाली निम्नानुसार रहेको छ । यसमा कोहि छुटेको भए यसै सामाचार साइटमा नाम थपिंदै लगिने छ ।

नाम र ठेगाना                                                                               रकम
सन्तोष थापा – तित्यांग ७ टिमुरे ( हाल – कतार ) –                 ३ लाख ५० हजार
सुमन खड्का – तित्यांग ६, सिस्नेरा ( हाल- अष्ट्रेलिया)             १ लाख
प्रकाश थापा – तित्यांग ६ थापाडांडा ( हाल- मलेशिया)         १ लाख
प्रकाश थापा – तित्यांग ७ फुलबारी ( हाल – भारतीय सेना )  १ लाख
सुमन थापा- तित्यांग ६ गहतछर्ने ( हाल- कतार)                    ६० हजार
विश्व थापा – तित्यांग ७ रियाले ( साउदी अरब)                      ५५ हजार
भुपेन्द्र थापा – तित्यांग मसरा ( हाल-कतार )                           ५० हजार ५ सय
सुजन थापा – तित्यांग ७ पिपलडांडा                                        ५० हजार
किरण प्रताप खत्री – तित्यांग  ७ बाझखेत ( हाल – कतार )     ५० हजार
गणेश थापा – तित्यांग ७ रियाले ( हाल- भारतीय सेना )       ५० हजार
गणेश थापा- तित्यांग ७ थापाडांडा ( हाल – दुवइ )                   ५० हजार
संजय थापा- तित्यांग ७ पिपलडांडा ( हाल- भारतीय सेना)    ५० हजार
हर्क बहादुर थापा -तित्यांग ७ आलडांडा ( हाल- दुवइ)            ५० हजार
विकास थापा -तित्यांग ७ फुलबारी ( हाल- जापान )               ५० हजार
क्षेत्र बहादुर थापा- तित्यांग ७ फुंगे ( हाल- स्पेन )                       ५० हजार
राम बहादुर भण्डारी -तित्यांग ७ थापाडांडा ( हाल- मलेशिया) ३० हजार
दिपक प्रताप खत्री -तित्यांग ७ सिमलपाटा ( हाल- कतार)        २५ हजार
पहल बहादुर थापा- तित्यांग ७ मझेरा ( हाल-साउदी अरब)      २५ हजार
वीर बहादुर थापा – तित्यांग ६ सिस्नेरा ( हाल- मलेसिया)          २५ हजार
विक्रम खड्का – तित्यांग ६ सिस्नेरा ( हाल- कतार )                      २५ हजार
जितेन्द्र थापा -तित्यांग ७ टिमुरे                                                       २० हजार
मिलन थापा – तित्यांग ७ टिमुरे ( हाल- भारतीय सेना)                २० हजार
भिम बहादुर खत्री- तित्यांग ७ बाझखेत ( हाल- साउदी अरब )   २० हजार
उमेश पाठक क्षेत्री – पयौंपाटा ८ पाठकथर ( हाल: कोरिया )       २० हजार