पूर्वसभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ६० लाखको गाडी


काठमाडौं । सरकारले संविधानसभाको पूर्वसभाध्यक्षको हैसियतमा सुवासचन्द्र नेम्वाङलाई आजीवन सुविधाका लागि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडी उपलव्ध गराउने भएको छ ।
एक महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार व्यवस्थापिका संसद् सचिवलयले सभाध्यक्ष नेम्वाङलाई उपलव्ध गराइने गाडी खरिदका लागि बोलपत्रसभेत आह्वान गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।
गत २१ पुस देखि बिहीबार सम्म एक महिनाको समय राखेर संसद् सचिवालयले गाडी खरिदका लागि बोलपत्र आहृवान गरेको हो । हाल सम्म एउटा मात्रै बोलपत्र दर्ता भएको छ ।