कांग्रेस अधिवेशनको महासंग्राम आजदेखि


महाधिवेशनको मेरुदण्डका रुपमा मानिने कांग्रेसको क्षेत्रीय अधिवेशन शुक्रबार देशभर भएको छ । केन्द्रीय निर्वाचन समितिले देशभरका २ सय ४० निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशनको मिति तोकेको छ । निार्वचन आयोगका अनुसार क्षेत्रीय अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

कांग्रेसमा केन्द्रीय महाधिवेशनमा सहभागी हुन पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य क्षेत्रीय अधिवेशनबाट चयन हुने भएकाले यसलाई पार्टी महाधिवेशनको मेरुदण्डका रुपमा लिने गरिन्छ । महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नभएको व्यक्ति केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिको उम्मेदवार बन्न नपाउने व्यवस्था विधानमा भएकाले पनि यसलाई महत्त्वपूर्ण अधिवेशन मानिन्छ ।