नेदरल्याण्ड्सबाट गौतमले ल्याए राष्ट्रिय गीत(भिडियो सहित)


बार्सिलोना / “उत्तर तिर बिश्वलाई हेर्ने” बोलको नेपाली राष्ट्रिय गीत नेदरल्याण्ड्सबाट गीतकार शालिक गौतमले सार्बजनिक गरेका छन्। गीति संग्रह “संकल्पमा” रहेको उक्त गीत रचनाकार गौतमले भिडियो सहित सार्वजानिक गरेका हुन्। नेदरल्याण्ड्समा बस्दै आएका गौतमका शब्दहरुलाई आलोक शर्माले संगीत तथा स्वर भरेका छन् ।

गीतकार गौतमले राष्ट्रीय गीत बारे प्रष्ट पार्दै भने,”प्रवासमा विभिन्न कारणले बस्नु पर्ने बाध्यता छ तर पनि नेपाल प्रतिको माया उत्तिकै गहिरो हुदो रहेछ। देशको राष्ट्रिय अखण्डता, सहिष्णुता, सद्भाव, भाइचारा तथा एकतालाई कायम राख्ने अपेक्षा सहित यो गीतको सृजना गरेको हुँ।”

“संकल्प” एल्वम अन्तर्गतको भिडियो सहित सार्बजनिक भएको यो दोश्रो गीत रहेको छ । एल्वमको विक्रि वितरणबाट आएको रकम नेपालको कुनै स्कुलको स्तरनोन्नतीमा खर्चिने रचनाकार गौतमले यस अघि बताईसकेका छन्।