गजल


गजलकार-  लक्ष्मण थापा

बिचरा मिस्त्रीले कैले यता कैले उता टाल्छ ।
बिग्रको ईन्जिन धेरै कराउँछ र धुवाँ फाल्छ ।।

आकाँक्षा त धेरै ठूलो कहाँ हो र उसको ?
छोरी मुम्बइ पठाउॅछ र छानामा टीन हाल्छ ।।

आफ्नो त छिमेकमै खतरनाक जन्तु बस्छ ।
जो उता पानी खान्छ र यता आगो बाल्छ ।।

छोरोलाई घोइरो भनौं कि सोझो खोइ कुन्नी ।
मरुभूमिमा जोतिन्छ र यताका घोडा पाल्छ ।।

हिरा झैं कठोर बन्न सकेनौं कदाचित भने ।

भस्मेले काँचो फलाम गाले झैं हम्लाई गाल्छ ।
– २०७२.१०.१९