केन्द्रिय तहमा प्रतिनिधित्व गराइनु पर्ने,यूरोपका कांग्रेसीहरुको माग


– भेष राज आचार्य

लिस्बन/ यूरोपका कांग्रेसीहरुले नेपाली कांग्रेसको आसन्न महाधिशनमा केन्द्रिय तहमा प्रतिनिधित्व गराइनु पर्ने माग गरेका छन। पार्टीको केन्द्रिय सदस्य त्यो नभए पनि आमन्त्रित सदस्य भए पनि यूरोपका प्रतिनिधिको व्यवस्था हुनु पर्छ मंगलबार पोर्तुगलको लिस्बनमा आयोजित एक कार्यक्रममा बोल्दै यूरोपि कांग्रेसहरुले उक्त माग गरेका हुन्।

नेपाली कांग्रेसको विदेश सस्था जन सम्पर्क समिति पोर्तुगल्ले आयोजना गरेको स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै यूरो कांग्रेसका कार्यबाहक अध्यक्ष पूर्ण हमालले मुलुक बाहिर रहेका काग्रेसीहरुको योगदान पार्टीका लागि महत्वपुर्ण रहदै आएको बताए। हाम्रो योगदानलाई पार्टीले बिर्सनु हुदैन, त्यसैले सम्मानजनक उपस्थितिको आशा गरेका छौ हमालले भने साथै उनले पार्टीको आसन्न महाधिबेशनले यूरो कांग्रेसलाई मान्यता दिने पनि बिश्वास ब्यक्त गरे।

हालै यूरो कांग्रेसका कार्यबाहक अध्यक्ष बनेका हमालले आफ्नो सम्मानमा आयोजित कार्यक्रममा यूरोपियन मुलुकमा सस्थालाई क्रियाशील बनाउने पनि बताए। सोहि कार्यक्रममा बोल्दै गैर आवाशीय समन्वय समितिका यूरो संयोजक कुल आचार्यले आफुलाई बिजयी गराउन जन सम्पर्क समितिको योगदान महवपूर्ण रहेको भन्दै धन्यवाद दिए।