स्पेनमा दुताबास स्थापनाको लागि निर्णायक छलफल (फोटोफिचर सहित)


बार्सिलोना/ स्पेनमा नेपाली दुताबासको स्थापना गर्नको लागि निर्णायक पहल गर्ने भन्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय स्पेनले बार्सिलोना छलफल सम्पन्न गरेको छ। एनआरएन युरोप संयोजक कुल आचार्यको उपस्थितिमा स्पेनबासी नेपाली समुदाय बीच छलफल गरेको हो।

बक्ताहरुले एनआरएनए सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनमा स्पेनमा दुताबास स्थापना गर्न नेपाल सरकारसँग पहल गर्ने भन्दै घोषणा पत्र जारी गरेको भन्दै, ठोस पहल गर्न संयोजक आचार्यको ध्यान आकर्षण गराएका छन्।

प्रमुख अतिथिको रुपमा बोल्दै युरोप संयोजक आचार्यले स्पेनमा दुताबासको स्थापना गर्न आँफूले सक्दो पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे। एनआरएनए युरोपियन बैठकले बार्सिलोना घोषणा पत्र जारी गर्दा स्पेनमा दुताबासको लागि पहल गर्ने प्रतिबद्दताको स्मरण गर्दै, नेपाल सरकारलाई नेपालीहरुका समस्या बारे गम्भिर हुन आग्रह गरे।

बिशेष अतिथिको रुपमा उपस्थित राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष भिम कमल केसीलाई पनि स्पेनमा दुताबासका लागि सर्मथन गर्न बक्ताहरुले अनुरोध गरेका थिए। स्पेनबासीहरुको अनुरोध पछि बोल्दै केसीले स्पेनमा राजदुताबास स्थापना भए पनि आँफुलाई कत्ति पनि दुख नलाग्ने बताएका छन्। केसीले पोर्चुगल र स्पेन दुवै देशमा दुताबासको आबश्यकता रहेको बताउँदै एक आपसमा प्रतिस्पर्धा नभई ,मिलेर जानु पर्ने बताउँदै यस्तो बताएका हुन्।

उनले भने,” पोर्चुगलले कन्सुलेट मागी रहँदा, धेरै बर्ष पहिले देखि, स्पेनले दुताबास माग गर्दै आएको हो,पहिले नै स्थापना भईसकेको भए,झनै राम्रो हुन्थ्यो,तर अहिले स्थापना हुन्छ भने पनि हामी खुशी छौ। प्रतिस्पर्धा स्पेन सँग होईन, तर २० हजारको संख्या रहेको पोर्चुगलमा दुताबास सरकारले दिनु पर्छ भन्ने हाम्रो जोडदार माग हो।’

12645203_569690546539852_2332792371704704459_nयस अघि नेपाल सरकारले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्पेनमा दुताबास स्थापना गर्ने निर्णय गरेको भन्दै तर अझै कार्यान्वयन नहुँदा चिन्ता ब्यक्त गरेका हुन्। यस्तै गैर आवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनले पनि स्पेनमा दुताबासको लागि बिशेष पहल गर्ने भन्दै बार्सिलोना घोषणा पत्र जारी गरेको थियो।

स्पेनमा नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। अन्य युरोपियन मुलुकमा भन्दा बैधानिक रुपमा कागज पाउन ( रेसिडेन्सी) सजिलो भएकोले पनि नेपालीहरुको आकर्षण थलो बनेको हो। अर्को तर्फ कागज प्राप्त गरिसकेकाहरुले परिबारलाई पनि आफुसँगै राख्न पाउने हुदा नेपाल छोडेर यता बस्ने क्रम बढेको हो।

12645060_569690526539854_2323617154789097713_n

नेपालीहरुको बाक्लो बसाई रहेका बार्सिलोना,पाईस भास्को,कमुनिदाद भालेन्सियाना,ग्रान क्यानारिया (क्यानारियन टापु),मड्रिड,मायोर्का,मालागा लगायतका शहरहरुमा गरि करिब १२ हजार नेपालीहरुको बसाई रहेको अनुमान छ । तर राजदुताबास नभएकै कारण स्पेनबासी नेपालीहरुले धेरै कुरामा सास्ती खेपेका छन्।

राजदूताबास नहुदा स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दुताबासले हेर्दै आएको छ। पोर्चुगल, ग्रीस लगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुदा फ्रान्स दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन। एमआरपी पासपोर्ट बनाउन, वारिस नामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रदा, पासपोर्ट गलत बनेर आउदा पटक पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुदा स्पेनबासीले हैरानी ब्यहोरेका छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निर्बमान सदस्य दिपक खरेल,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। कार्यक्रमको संचालन संघका महासचिब उमेश अधिकारीले गरेका थिए।

12654638_569691656539741_3879689679345966303_n