स्पेनमा दुताबास स्थापना भए, दु:ख लाग्दैन -एनआरएनए पोर्चुगल अध्यक्ष केसी


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष भिम केसी कमलले स्पेनमा राजदुताबास स्थापना भए पनि आँफुलाई कत्ति पनि दुख नलाग्ने बताएका छन्। केसीले पोर्चुगल र स्पेन दुवै देशमा दुताबासको आबश्यकता रहेको बताउँदै एक आपसमा प्रतिस्पर्धा नभई ,मिलेर जानु पर्ने बताउँदै यस्तो बताएका हुन्।

एनआरएनए स्पेनले बुधबार बार्सिलोनामा आयोजना गरेको, दुताबास स्थापनाका लागि निर्णायक पहल बिशेष छलफल कार्यक्रममा बोल्दै केसीले भने,” पोर्चुगलले कन्सुलेट मागी रहँदा, धेरै बर्ष पहिले देखि, स्पेनले दुताबास माग गर्दै आएको हो,पहिले नै स्थापना भईसकेको भए,झनै राम्रो हुन्थ्यो,तर अहिले स्थापना हुन्छ भने पनि हामी  खुशी छौ।  प्रतिस्पर्धा स्पेन सँग होईन, तर २० हजार नेपालीहरुको संख्या रहेको पोर्चुगलमा सरकारले दुताबास दिनु पर्छ भन्ने हाम्रो जोडदार माग हो।’

ब्राजिलमा रहेको नेपाली दुताबासको कामै नरहेको बताउँदै  ,त्यसलाई स्पेनमा सार्न सके पनि आँफुलाई कुनै आपत्ति नहुने केसीले बताए। तर पोर्चुगलमा पनि दुताबासको अति आबश्यक रहेको बताउँदै,दुवै देशमा दुताबास ल्याउँन मिलेर संघर्ष गर्नु पर्नेमा जोड दिए। दुताबास पोर्चुगलमा जान्छ कि स्पेनमा भनेर, प्रतिस्पर्धा गर्ने होईन कि एक अर्का मिलेर जानुको बिकल्प छैन केसीले बताए।