बेल्जियमका काँग्रेसीहरु प्रतिनिधि चयन गर्न,घनिभूत छलफलमा


बेल्जियम । नेपाली काग्रेसको आसन्न १३ औं महाधिवेशनको लागी नेपाली जनसम्पर्क समिति बेल्जियम प्रतिनिधि तथा महासमिति सदस्यहरु चयनको लागी छलफलमा ब्यस्त बनेको छ। पाँच सय क्रियाशील सदस्य पुर्याएका समितिले महाधिबेशन प्रतिनिधिको रुपमा भाग लिन पाउँने भए पछि,छलफलमा ब्यस्त बनेको हो।

गत २६ जनवरी २०१६ मा लुभेनमा बसेको बृहत बैठकले नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्षको संयोजकत्वमा एक कार्यदल गठन समेत गरेको थियो । कार्यदललाई दिइएको जिम्मेवारी अनुसार उम्मेवारी परेका प्रतिनिधिहरुका उम्मेदवारहरु संग सहमतिको लागी प्रयास भई रहेको समितिले जनाएको छ।

कार्यदलले अन्तिम उम्मेदवारहरुबाट सर्वसम्मत निर्णयको लागी ०२ फेब्रुवरी मंगलबारका दिन लुभेनमा बस्ने कार्यदलको अन्तिम बैठकबाट टुंग्याउने प्रयास समेत गरेको छ । साथै कार्यदलको अन्तिम बैठकबाट सर्वसम्मत रुपमा प्रतिनिधिहरु चयन हुन् नसकेको खण्डमा बिधानले तय गरे अनुरुप कार्यसमितिको बैठकले अन्तिम रुप दिने समेत जनाईएको छ ।

कार्यसमितिको वैठक आगामी ०७ फेब्रुवरी दिन आह्वबान गरिएको छ। गत १२औं महाधिवेशन मा पनि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन कार्य समितिले गरेको थियो भने नेपाली काँग्रेस महाधिवेशनमा भाग लिनको लागी पाच सय क्रियाशील सदस्यहरु भएका जनसम्पर्क समितिहरुको हकमा तीन जना महासमिति सदस्य तथा चार जना महाधिवेशनप्रतिनिधिले भाग लिन पाउने विधानमा व्यवस्था रहेको छ ।

यस अघि युरोपबाट नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड र जर्मनीले सर्बसम्मत रुपमा महाधिबेशनका लागि प्रतिनिधि तथा महासमिति सदस्यहरु चयन गरिसकेको छ।