स्विटजरल्याण्ड संगीतमय बन्दै ..


बार्सिलोना । युरोपमा रहेका ख्याती प्राप्त नेपाली कलाकारहरुले स्विटजरल्याण्डलाई संगीतमय बनाउँने भएका छन्। युरोपका बिभिन्न प्रतियोगिताहरुमा उपाधि चुमेर नाम कमाएका कलाकारहरु गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै स्विटजरल्याण्डलाई संगीतमय बनाउँन लागेका हुन्।

आगामी फेब्रुवरी २० तारिक उस्टरमा हुन लागेको कार्यक्रममा युरोपमा निकै लोकप्रिय बनेका गायक सुभाष सुन्दास, ईनासको यूरोप स्तरीय नृत्य प्रतियोगीताकी बिजेता जर्मनीकी सोनिया श्रेष्ठ, बेल्जियमकी प्रतिभाशाली कलाकार ज्योति भट्ट, जर्मनीकी परिचित कलाकार रमिता महर्जन र ईनासकी कोषाध्यक्ष एंव यूरोपमा परिचित ईटालीकी गायिका राधिका क्षेत्रिका मनोरञ्जनात्मक प्रस्तुति राख्ने भएका छन्।

त्यसैगरी स्विटजरल्याण्डबाट संगीतकार रामु परियार, गायक नवराज घिमिरे र गायक युवराज राई, त्यसैगरी लोकप्रिय कलाकारहरु गौरी गुभाजु, नीता कपुर, शर्मिला मगर, बर्षा हायोजले लगायत आफ्नो प्रस्तुत राख्ने  बताईएको छ।

नेपाल स्वीस डट् कमको छैठौं बार्षिकोत्सवको अबसरमा  हुन लागेको कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान दिने ब्यक्तिहरुलाई सम्मान कार्यक्रम समेत राखिएको हुँदा एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।