भारतमा नेपाल पत्रकार महासंघ तदर्थ समिति गठन


-अर्जुन खनाल, नयाँदिल्ली । भारतमा रहेका नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्न भारतमा नेपाल पत्रकार महासंघ तदर्थ समिति गठन भएको छ ।नेपाल पत्रकार महासंघ भारत शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – “यो प्रेस विज्ञप्ति जारी गर्दै हामी पुर्ण समितिको अधिवेशनमा सरीक हुन भारतभरी रहेका नेपाली पत्रकारहरुलाई आहवान गर्दछौ ।

तदर्थ समितिका अध्यक्षमा लोकेश शाह उपाध्यक्षमा देब बहादुर कुँवर तथा महासचिव आकांक्षा शाह चयन भएका छन् । त्यस्तै सचिवमा गोबिन्द पोख्रेल र कोषाध्यक्षमा धन बहादुर बि. क. समितिमा छानिएका छन् ।

सह-कोषाध्यक्षमा हिम शिखर चयन हुदा सल्लाहकार सदस्यहरुमा बाबु रोका मगर, भेषराज पौडेल रहेका छन् । सदस्यहरुमा विश्वास शाह केशवराज पोखे्रेल,गणेश बि. क., अर्जुन खनाल देबेन्ऽ के. सि., पुजा शाह, ललित सुनार, तपेन् धामी र ऋषिराम अधिकारी रहेका छन् ।

नेपाल पत्रकार महासंघ, शाखा भारतमा आवद्ध हुन चाहने पत्रकारहरुको लागि भन्दै मापदण्ड समेत तयार गरिएको समितिले जनाएको छ । जस अनुसार कुनै पनि मिडिया हाउसमा काम गरेको एक बर्ष पुरा भएको आधिकारीक नियुक्ति पत्र, नेपाली नागरिकता र स्नातक तहको प्रमाणपत्र, पत्रकारीतामा १२ पास गरेको भए दुई बर्ष पुरा भएको आधिकारीक नियुक्ति पत्र र नेपाली नागरिकताको प्रतिलिपि तथा एसएलसी पास मात्र गरेकोले तिन बर्ष काम गरेको आधिकारीक नियुक्ति पत्र र नेपाली नागरिकताको प्रतिलिपी पेश गर्नु पर्नेछ ।

१८ बर्ष उमेर पुरा भएको नेपाली नागरिक हुनुपर्नेछ । भारतमा पत्र पत्रिका चलाउदै आएकाको हकमा भारतको कानुन बमोजिम आरएनआई प्रमाण पत्र हासिल गरेको मिडिया हाउसको नियुक्ति पत्र आवस्यक पर्ने नेपाल पत्रकार महासंघ भारत शाखाले जनाएको छ ।