एनआरएनए स्पेनले, बैठकबाट के -के गर्यो निर्णयहरु ?


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नियमित बैठक आज मिति ३१-०१-२०१६ का दिन संघका अध्यक्ष श्री मुक्त बहादुर गुरुङको अध्यक्षता तथा आइ सी सी सदस्य श्री एकराज गिरि को बिशेस आतिथ्यमा बस्यो । संघको कार्यालयमा सम्पन्न यस बैठकले निम्न प्रस्ताब माथि छलफल गर्दै निर्णय द्वारा पारित गर्यो ।

स्पेनमा नेपाली दुताबासको आवश्यकताको सन्दर्भमा सम्पूर्ण नेपाली हरुको साझा मुद्दा लाइ द्रिस्टिगत गर्दै साझा ज्ञापन पत्र तयार गरि यहाँ स्थित सम्पूर्ण संघ संस्था हरुलाई आ आफ्नो क्षेत्रबाट पहल गरिदिन अनुरोध गर्दै गैर आवासीय नेपाली संघको तर्फ बाट अन्तराष्ट्रिय समन्वय परिषद संग समन्वय गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पेश गर्न संघका निवर्तमान अध्यक्ष तथा वर्तमान अन्तराष्ट्रिय सदस्य श्री एकराज गिरि ज्युको नेतृत्वमा डेलिकेशन पठाउने निर्णय भयो त्यस पश्चात अन्तराष्ट्रिय महिला दिवस मनाउन महिला फोरम ले ल्याएको प्रस्ताब अनुरुप सभ्य र भब्य रुपमा मनाउन आवश्यक सहयोग गर्ने निर्णय गरियो ।

अर्को प्रस्ताब उपर छलफल गर्दा गैर आवासीय नेपाली संघको कार्यालयमा नेपाली बालबालिका लाइ नेपालको भाषा, संस्कृति र संस्कार लगायत नेपाली पन बचाई राख्नको लागी यसै महिना देखि नेपाली पाठशाला का बालबालिका हरुलाई कक्षा संचालन (हप्ताको एक दिन) गर्न दिने साथै एन आर एन र नेपाली पाठशालाका बिचमा समन्वय गर्न को लागि गैर आवासीय नेपाली संघ स्पेनका सदस्य श्री दिलनाथ भण्डारी लाइ प्रतिनिधि तोक्ने निर्णय गरियो ।

नेपालमा गत बर्ष गएको महाभूकम्प ले क्षतिग्रस्त बनाएको धादिंग जिल्लाको संकोस भोर्ले स्थित मनरुपा प्राथमिक बिद्यालय ( प्रस्तावित मा. वी. ) को भवन निर्माण स्पेनिश दात्रि समुदाय मार्फत प्राप्त रकम को उपयोग गर्दै गैर आवासीय नेपाली संघको पहलमा यथाशिघ्र निर्माणको काम सुरु गर्ने निर्णय भयो । त्यसैगरी कार्यालय ब्यबस्थापन ब्यबस्थित तरिकाले गर्न छलफल बात प्राप्त सल्लाह र सुझाब अनुसार दैनिक कार्यालय खुल्ला राख्ने र कार्यालय सचिब सुनिल रानाभाट मार्फत कार्यालय लाइ ब्यबस्थित गर्ने निर्णय गर्दै अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ले बैठक समापन गर्नु भयो ।

उमेश अधिकारि
महासचिब
एन आर एन ए स्पेन