बाग्लुङ्गको लक्ष्मी नारायण प्राविलाई,प्रबासबाट ९ लाख रुपैयाँ सहयोग


बार्सिलोना / बाग्लुङ्गको मल्म गाविसमा रहेको श्री लक्ष्मी नारायण प्राथमिक विद्यालयलाई, प्रबासबाट करिब ९ लाख रुपैयाँ बढी सहयोग संकलन भएको छ। बैदेशिक रोजगारीको शिलशिलामा जापान रहेका भु.पु.शिक्षक,अभिभावक बिद्यार्थी लगायत,शिक्षाप्रेमी,बुद्धीजिबीबाट विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि रकम संकलन भएको हो।

बिद्यालयका प्रधानध्यापक रामकान्त गौतमले सहयोग अपिल गरे पछि प्रबासबाट रकम संकलन अभियान सुरु भएको थियो। बिद्यालयका लागि पशुपति(शेषकान्त) सापकोटाले जापानबाट १ लाख११ हजार १ सय ११रुपैयाँ,नन्दु सापकोटा(शर्मा) ले १ लाख १० हजार रुपैयाँ,यमलाल(अर्जुन) सापकोटाले १ लाख १० हजार रुपैयाँ,भिम के.सीले १ लाख १० हजार रुपैयाँ,रबिन/प्रविन(गोपाल,डिलु) खत्री ५५ हजार ५ सय ५५ रुपैयाँ,भविलाल/गुणाखर सापकोटाले ५५ हजार रुपैयाँ,केशव सापकोटाले जापानबाट ५१ हजार १ सय ११रुपैयाँ,यमलाल/मेघराज सापकोटाले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

यस्तै जापानबाट नै नारायण सापकोटा(काभ्रे) ले ५१ हजार रुपैयाँ,उमाकान्त/गंगाधर सापकोटा(नौले) ५१ हजार रुपैयाँ,गोपाल/ राजन सापकोटा(गैडाकोट) ले ५१ हजार रुपैयाँ,भक्त सापकोटाले ५१ हजार रुपैयाँ,जयलाल/ भुवन सापकोटा(आँपारूख) २१ हजार रुपैयाँ,कृष्ण प्रसाद सापकोटा २१ हजार रुपैयाँ,शिब सापकोटा २१ हजार रुपैयाँ सहयोग गरेका छन्।12626168_1327505557265952_1715555872_nयस्तै हेमलाल सापकोटाले मलेशियावाट ५ हजार ५ सय ५५रुपैयाँ,सोम सापकोटा डेनमार्कबाट ५ हजार १ सय ११रुपैयाँ,यम बहादुर बुढाथोकी हङकङ देखि ५ हजार १ रुपैयाँ सहयोग गेका छन्। यस्तै जापानबाट नै लोकनाथ सापकोटा(मान्धरा) ले ३१ हजार यन,सालिकराम सापकोटाले ३० हजार यन ,प्रकाश(हेमराज)सापकोटा १५ हजार यन बिद्यालयका लागि सहयोग प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया