गण्डकी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न


कृष्ण रानाभाट/पोखरा
पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक बाह्रौं बर्षमा प्रवेश गरेको अवसर पारेर रक्तदान, सम्मान तथा विद्यालयलाई सहयोग आदि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान जिवनदान भन्ने मूल नाराका साथ केन्द्रीय कार्यालय पोखराको प्राङ्गणमा मंगलबार भएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरु, संस्थापक एंव सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग र एवं अन्य प्रभुत्व ब्यत्तित्वहरुबाट ४५ युनिट रगत संकलन भएको छ ।

त्यस्तै बंैकले पोखरा–२५, पुम्दीभुम्दीस्थित श्री युवा ज्योती प्राथामिक विद्यालयलाई एउटा कक्षा कोठाको लागी आवश्यक पर्ने १० थान डेस्कबेन्च हस्तान्तरण, विद्यार्थीहरुलाई स्टेशनरी, खेलकुद समाग्री तथा खाजा वितरण गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष पद्यप्रसाद पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दे यस्ता कार्यक्रमहरु गर्न पाउदाँ खुसि लाग्ने र सम्पुर्ण बैंक परिवारमा सन्तुष्टी प्राप्त हुने वताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न प्रयत्नशिल रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै बैंकले सवल र सक्षम कर्मचारीवाटमात्र संस्थागत लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै सम्पुर्ण शाखा प्रबन्धक एवं व्यवस्थापकिय तहका कर्मचारीहरुलाई ‘मेनेजर एज अ कोच’ शिर्षकको एक दिने प्रशिक्षण प्रदान गरेको थियो । उक्त प्रशिक्षणमा बंैकको केन्द्रीय कार्यालयसहित २० वटै शाखा कार्यालयका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले चालु आ.व.को पौष मसान्त सम्ममा ५ अर्व ४ करोड निक्षेप संकलन गरी ४ अर्व ७ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा ९ करोड ५ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व.को सोही अवधि भन्दा ३८ प्रतिशतले वढी हो । सोही अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ ।

ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सेवाहरु मोवाईल बैकिङ्ग, एटिएम, एविविएस, लकर र रेमिट्यान्स सेवाहरु उपलब्ध गराउदै आएको, विभिन्न कर्जा शिर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्यजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले वताए ।